काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज (सोमबार) देशका अधिकांश स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो।
यसअघि एक निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। अन्यत्र अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने रोकिएको छ।
सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका सार्वजनिक भएको छ।
आजै विभिन्न जिल्लाको अधिवेशनसमेत हुने कार्यतालिका रहेको छ। आजको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।