• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

तरलता अभाव : त्रास कि वास्तविकता?

64x64
सुमित्रा कार्की सोमबार, मंसिर ६, २०७८  १०:०८
1140x725

काठमाडौं- पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य रकम) अभाव चुलिँदै गएको विषय चर्चामा छ। बैंकहरूले तरलताको समस्या देखाउँदै कर्जा (ऋण) प्रवाहमा कडाइ गरेका छन्। बैंकरहरू १० लाख रुपैयाँ ऋण माग्न आउने ऋणीलाई समेत दिन सकिने अवस्था नरहेको बताउँछन्। 

यता, व्यवसायीहरूले पनि बैंकबाट ऋण लिन नपाउँदा व्यवसाय सञ्चालनमा समस्यामा परेको बताइरहेका छन्। व्यवसाय विस्तार वा नयाँ व्यवसाय सुरु गर्नका लागि सबैजसो बैंकमा धाउँदासमेत ऋण नपाएको उनीहरुको गुनासो छ। तरलताको यो समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसमक्ष व्यवसायीहरूले ध्यानाकर्षण गराउँदै आएका छन्।

यही बीचमा, कतिपय जानकारहरुले भने तरलता अभाव वास्तविकता नभएर त्रास सिर्जना गरिएको बताइरहेका छन्। उनीहरुको यो भनाइले सेवाग्राहीलाई थप अन्योलमा पारेको छ। बैंकहरूले पैसा भएर पनि नदिएको हो या अन्य कुनै कारणले कर्जा प्रवाहमा कडाइ गरिएको भन्नेमा अन्योलता देखिएको हो। 

यता नेपाल राष्ट्र बैंकका अधिकारीहरु तरलता अभाव नभएको बताउँछन्। यद्यपि, तरलता कम हुँदा समस्या रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।

राष्ट्र बैंकका अनुसार गत बिहीबारसम्म बैंकहरुमा करिब १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। उक्त दिनसम्म १३ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा धेरै रहेको छ। यस कारण यी १३ बैंक थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए।

यस्तै २२ बैंकको सीडी रेसियो ८८ प्रतिशतदेखि ९० प्रतिशतको हाराहारीमा रहेको छ। समग्रमा बैंकहरूको यस्तो रेसियो ९०.०८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको परिपत्रमा सीडी रेसियो ९० प्रतिशत कायम गरेर सीसीडी खारेज गरेको थियो। ९० प्रतिशतभन्दा धेरै सीडी रेसियो भएको बैंकले २०७९ असार मसान्तभित्र राष्ट्र बैंकले तोकेको सीमाभित्र झार्नुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था अनुसार बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन्। यसले पनि तरलतामा समस्या देखिएको बैंकरहरु बताउँछन्।

यस कारण तरलता अभाव
चालु आर्थिक वर्ष सुरु भएसँगै सरकारी खर्चको भोलुम घटेका कारण बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएको राष्ट्र बैंकका प्रवक्ता ढकालको भनाइ छ। ‘अहिलेसम्म विकास खर्च पाँच प्रतिशत पनि हुन सकेको छैन। बाहिरबाट आउने रेमिट्यान्स पनि घटेको छ। यसकारण तरलतामा दबाब सिर्जना भएको हो,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले बजेटको लक्ष्यअनुसार राजस्व उठाए पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्‍कअनुसार चालु आवको बजेटमा विनियोजित पुँजीगत (विकास) रकमतर्फ बिहीबारसम्म जम्मा ४.८४ प्रतिशतमात्र खर्च भएको छ। राजस्वबाट उठेको रकमसमेत राज्यको ढुकुटीमै थन्किएका कारण बजारमा रकम अभाव देखिएको प्रवक्ता ढकाल बताउँछन्। 

अर्कोतर्फ रेमिट्यान्स घटेका कारण पनि तरलतामा समस्या देखिएको हो। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ७.६ प्रतिशतले घटेको छ। तीन महिना (साउन, भदौ र असोज)को अवधिमा कूल दुई खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्ष सुरु भएसँगै रेमिट्यान्स घटेका कारण तरलतामा दबाब पर्न गएको राष्ट्र बैंकका प्रवक्ता ढकालको बुझाइ छ। 

यता बैंकहरुले आफूसँग स्रोत र साधन अपुग हुँदाहुँदै पनि आक्रामक रूपमा कर्जा विस्तार गरेका थिए। त्यसले पनि तरलतामा असर परेको ढकाल बताउँछन्। ‘बैंकहरुको तरलताको मुख्य स्रोत निक्षेप संकलन हो, चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरुमा निक्षेप कम आएको छ। तर, निक्षेप कम हुँदाहुँदै पनि बैंकहरु कर्जा लगानीमा आक्रामक भएका छन्। यस कारण तरलतामा चाप पर्न गएको हो,’ उनले भने।

तर, नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली भने राष्ट्र बैंकले बैंकहरूमाथि अनावश्यक हस्तक्षेप गरेका कारण निक्षेप संकलन घटेको बताउँछन्। उनी भन्छन्, ‘अहिले राष्ट्र बैंकले बैंकको आफ्नो स्वतन्त्र काममा हस्तक्षेप गरिहेको छ। जस्तैः ब्याजदर तोक्ने कुरामा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। यस्ता कुराले बैंकहरूमा हुने निक्षेप संकलन अझ घट्नसक्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल बैंकर्स संघका अनुसार असोज ३१ देखि कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ। कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यसअघि असोज मसान्तसम्म बैंकहरुले संकलन गरेको निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो। 

यता, असोज ३१ देखि कात्तिक ३० गतेको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३६ अर्ब १२ रुपैयाँले बढेको तथ्यांक छ। संघका अनुसार कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। असोज ३१ गतेसम्म कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो। 

के गर्दै छ राष्ट्र बैंक?
बैंकहरुमा तरलताको चाप परेपछि राष्ट्र बैंकले बेलाबेलामा रिभर्स रिपो जारी गरिरहेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन नदिन कात्तिक महिनामा मात्र दुई पटक गरी २१ अर्ब २० करोड रूपैयाँको रिपो जारी गरेको थियो। यस्तै, कात्तिक महिनामा नै राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ५२ करोड ५९ लाख रूपैयाँ पैसा बजारमा पठाएको छ। अद्यपि, बजारमा तरलताको समस्या यथावत् रहेको बैंकरहरू बताउँछन्।

तरलताको समस्याले पार्ने प्रभाव
तरलता अभावले बैंकिङ क्षेत्रमा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्ने जानकारहरू बताउँछन्। नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीले १० लाख ऋण माग्न आउने ऋणीलाई समेत ऋण दिन नसक्ने अवस्थामा बैंकहरू पुगेको बताए। कोरोना महामारीको चपेटाबाट बाहिर आएर केही गर्न चाहनेले कर्जा लिन नपाउने अवस्था हुँदा यसले अर्थतन्त्रमा झन् ठुलो असर पुर्‍याउनसक्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन आवश्यक रहेको उनी बताउँछन्।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री तरलता अभावका कार पर्ने प्रभाव वित्तीय संस्थाहरूमा मात्रै सीमित नरहने बताउँछन्। बैंकिङ प्रणालीसँग कुनै प्रत्यक्ष सरोकार नभएका मानिसहरूलाई पनि तरलताको सङ्‍कटले प्रभाव पार्ने उनको भनाइ छ।

‘बैंकले चाहेको बेलामा आफ्ना ऋणीलाई भनेजति कर्जा दिन सक्दैन। यसले आउँदा दिनमा व्यवसायमा असर पर्ने देखिन्छ। कर्जाको ब्याजदर बढ्नुको प्रभाव उद्योग व्यवसायको लागतमा पर्छ र त्यसले बजार महँगी बढाउँछ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्