काठमाडौं- नेपाली कांग्रेस जाजरकोटको नेतृत्व सर्वसम्मत चयन गरिएको छ। आइतबार अबेर नेतृत्व टुङ्ग्याइएको हो।
सभापतिमा वेदराज सिंह सर्वसम्मत चुनिएका छन्। उनी १३औं महाधिवेशनमा तत्कालीन सभापति दीपकजंग शाहसँग सभापतिमा पराजित भएका थिए।
सभापतिमा मुक्ती आचार्यले पनि उम्मेदवारी घोषणा गरेका थिए। तर, सर्वसम्मत नेतृत्व चयनका लागि उनी पछि हटेका छन्।
सचिवमा हरिचन्द्र बस्नेत र तेजविक्रम शाह चयन भएको कांग्रेस नेता महेन्द्र शाहले बताए। बस्नेत कुशे गाउँपालिका अध्यक्षसमेत हुन् भने शाह यसअघि कांग्रेसको जिल्ला कोषाध्यक्ष थिए।
उपसभापतिमा छवि पन्त चयन भएका छन्। यसअघि उनी क्षेत्रीय सचिव थिए।
यस्तै, प्रदेश सभा अन्तर्गत प्रदेश सभा (क) मा लिलाबहादुर शाह र (ख) मा जनकराज शर्मा न्यौपाने चुनिएका छन्। शाह भेरी नगरपालिका-३ का वडाध्यक्षसमेत हुन्।
महासमिति सदस्यमा राजिवविक्रम शाह, दीपक जङ्ग शाह, सनतकुमार कार्की, मूक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, महेन्द्रबहादुर शाह, भूमिलाल रोकाय, मैना कार्की रावल, रामछाया शाही, गीता शाही र धर्म नेपाली सर्वसम्मत चयन भएका छन्।
बाँकी नेतृत्व भोलि सोमबार टुङ्ग्याउने कांग्रेस जाजरकोटले जनाएको छ।
१४औं महाधिवेशनअन्तर्गत आइतबारसम्म कांग्रेसले १५ जिल्लाको नेतृत्व टुङ्ग्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।