काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन गरिएको छ।
आर्थिक समितिका संयोजक एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गरेका छन्।
उमेश श्रेष्ठ, दीपक खड्का, जिप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुगंटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई सदस्यमा मनोनीत गरिएको छ।
सदस्यमा मनोनीत श्रेष्ठ प्रधानमन्त्री कार्यालय हेर्ने गरी राज्यमन्त्री छन्। खड्का संखुवासभाका नवनिर्वाचित जिल्ला सभापति हुन्। लामा र आचार्य सांसद तथा ठेकेदार हुन्।
बानियाँ बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता हुन्। रुंगटा र जाजु उद्योगपति हुन्। आर्थिक समितिको सदस्यमा मनोनीत कनोडिया लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता हुन्। भट्टराई राप्रपा त्यागेर सुनील थापासँगै कांग्रेस प्रवेश गरेका थिए। पाण्डे आमन्त्रित केन्द्रीय सदस्य हुन्।
संयोजक कार्कीले सल्लाहकारमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्देन गुरुङ मनोनित गरेका छन्। उपाध्याय भारतका लागि पूर्वराजदूत हुन्। राजभण्डारी सांसद छन्। चौधरी उद्योगपति हुन् भने गुरुङ पूर्वमन्त्री हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।