काठमाडौं– नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको अधिवेशनबाट सभापतिमा चयन हुने मैयाँ श्रेष्ठ लावती पहिलो महिला बनेकी छन्।
पाँचथरको प्रदेश सभा क्षेत्र ‘ख’ बाट उनले जित निकालेकी हुन्। श्रेष्ठले सभापतिका प्रतिस्पर्धी नगेन लामालाई पराजित गरिन्।
विजयी श्रेष्ठले २७३ मत प्राप्त गरेकी थिइन् भने पराजित लामाले २०९ मत प्राप्त गरे। विजयी श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं उपकारको अध्यक्ष समेत हुन्। विजयी श्रेष्ठ संस्थापनइतर पक्षकी हुन्।
पाँचथरको प्रदेश ‘क’मा भोगिश्वर योङ्हाङ्ग विजयी भएका छन्। शनिबार भएको मतदानको नजिता आइतबार बिहान सार्वजनिक गरिएको थियो। पाँचथरको जिल्ला अधिवेशन सोमबार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।