काठमाडौं- नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौताप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएका एमाले उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै सो सम्झौतालाई खारेज गर्ने आफ्नो मान्यता अघि सारेका छन्।
उम्मेदवारीको घोषणा सार्वजनिक कार्यक्रममा व्यक्त मान्यतामा उनले भने- 'एमसीसीसँग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पुर्याउने प्रावधानहरु हटाउने र नहटाइने भए सम्झौता नै खारेज गर्ने।'
नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पुर्याउने प्रावधानहरुलाई नेपाल सरकार र जनता सामु स्पष्ट किसिमले राख्ने उनको मान्यता छ। 'मूल सम्झौता सँगै भएका कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरु संसद र जनसमक्ष पारदर्शी रुपमा ल्याउन भूमिका खेल्ने', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।