काठमाडौं– सुनसरीको प्रदेश सभा क्षेत्रको अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्ष बलियो देखिएको छ। प्रदेश सभा क्षेत्रीय सभापतिमा संस्थापनइतरको बाहुल्यता रहेको छ।
सुनसरी १ का दुबै प्रदेश सभामा संस्थापनइतरका विजयी भएका छन्। १ को (क) मा अनिल श्रेष्ठ र (ख) मा मुरारी भट्टराई विजयी भएका छन्।
सुनसरी २ को (क) मा विजयी सुवेक्छु देवान संस्थापन पक्षका हुन्। सोही क्षेत्रको (ख) मा श्यामलाल मेहेता संस्थापनइतरबाट विजयी भएका छन्।
सुनसरी ३ (क) दीपक ढकाल प्रदेश सभा क्षेत्रमा विजयी भएका छन्। ढकालले संस्थापनइतरबाट जित निकालेका हुन्। ३ (ख) मा विजयी किरण चौधरी भने सभापति शेरबहादुर देउवा पक्षधर हुन्।
सुनससरी ४ को (क) मा उपेन्द्र कटवाल विजयी भएका छन्। कटवाल देउवा पक्षको प्यानलका हुन्। ४ को (ख) मा विजयी भिखारी मण्डल संस्थापनइतरका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।