काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतरले कैलालीका १० प्रदेश सभा क्षेत्रका सभापतिमा कुनै पनि जित निकाल्न सकेन।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेको सुदूरपश्चिममा संस्थापनइतर पक्ष कमजोर छ। कैलालीको प्रदेश सभा क्षेत्रको सभापतिमा संस्थापन पक्ष निरिह देखिएको छ।
कैलाली १ को (क) मा परशुराम महतो विजयी भए भने (ख) मा बलिराम चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिमा विजयी भए।
कैलाली २ को (क) मा भीम जैसी र (ख) मा तेजप्रकाश मल्ल विजयी भए। ३ को (क) मा रामप्रसाद चौधरी र (ख) मा कमलराज चौधरी सभापति चुनिए।
कैलाली ४ को (क) मा काशीराम शर्मा र (ख) मा गोपालदत्त भट्ट निर्वाचित भए। ५ को (क) मा सीताराम राना र (ख) मा केशव जोशी निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।