काठमाडौंं– नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न वडा सम्मेलन ८० प्रतिशत सर्वसम्मत भएको छ। देशभरका ६ हजार ७ सय ४३ वडा मधये २० प्रतिशत वडा सम्मेलन आइतबार हुने भएको हो।
‘कुल ६ हजार ७ सय ४३ वडामध्ये ८० प्रतिशत सर्वसम्मत भयो। वाँकी रहेका १० प्रतिशत वडामा भएका मेला, जात्रा, विवाह र मृत्यु भएका कारण रोकिएका छन्। अरु १० प्रतिशतमा सर्वसम्मत हुन नसकेपछि विवाद छ,’ केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले भने, ‘आइतबार मेला जात्रा, विवाह मृत्यु भएका कारण रोकिएका वडामा सर्वसम्मत भइहाल्छ। अरु १० प्रतिशत वडामा निर्वाचन गर्ने स्थिति देखिएको छ। आज सर्वसम्मत नभए चुनाव गराउँछौ।’
वडामा सर्वसम्मत नभएमा निर्वाचन गर्न तीन सदस्यीय निर्वाचन समिति बनाएको छ। एक जना निर्वाचन संयोजक बनाएर दुई जना सदस्य बनाएको छ। त्यहीँ निर्वाचन समिति चुनाव गरेर वडाको नेतृत्व टुंगो लगाउने जिम्मेवारी दिएको छ।
माओवादी केन्द्रका पालिका सम्मेलन मंसिर ११ गते तोकिएको छ। पालिका सम्मेलन गर्न पाँच सदस्यीय निर्वाचन समिति बनाएको छ। त्यही निर्वाचन समिति सर्वसम्मत नभएमा निर्वाचन गराउने भएको छ।
मंसिर ११ गतेको सम्मेलनबाट माओवादीका ७ सय ५३ नयाँ नेतृत्व चयन भएर आउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।