काठमाडौं– दाङको प्रदेश सभा क्षेत्रको अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्ष बलियो देखिएको छ।
प्रदेश सभाका ६ सभापतिमध्ये पाँच जना संस्थापनइतरका विजयी भएका छन्। दाङ २ (क) मा विजयी प्रकाश श्रेष्ठ मात्रै सभापति शेरबहादुर देउवा निकट हुन्।
दाङको १ (क) मा श्रीपद चौधरी र (ख) मा विजयी दिनेश गिरी संस्थापनइतर समूहका हुन्। प्रदेश सभा क्षेत्रको सभापति विजयी यी दुवै स्थानमा संस्थापन इतरकै प्यानलले जित निकालेको छ।
दाङ २ (ख) मा अभियान बस्नेत निर्वाचित भएका छन्। ३ (क) मा देवेन्द्र रिजाल र ३ (ख) मा खिमबहादुर वली प्रदेश सभापतिमा विजयी भएका छन्। बस्नेत, रिजाल र वली संस्थापनइतरबाट निर्वाचित हुन्।
पाँच जना प्रदेश सभापति विजयी भएपछि महामन्त्री डा शशांक कोइरालानिकट केन्द्रीय सदस्य दीपक गिरी जिल्लामा थप बलियो भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।