काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं ३ (क)को सभापतिमा देवेन्द्र रिजाल निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा बलीराम खत्रीलाई पराजित गर्दै रिजाल सभापतिमा निर्वाचित भएका हुन्। क्षेत्रीय अधिवेशनको परिणाम शनिबार राति सार्वजनिक भएको थियो।
उक्त क्षेत्रको उपसभापतिमा पुष्पराज गिरी तथा शालीकराम रोग्मी निर्वाचित भएका छन्।
त्यसैगरी, सचिवमा किरण केसी र तेजबहादुर डाँगी तथा सहसचिव रञ्जनकुमार गौतम र राजेन्द्र महतरा निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।