काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ। तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो।
शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार राति सार्वजनिक भएको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो। निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईं छन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित भएका छन्।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’को सभापतिमा हेम लामा निर्वाचित भएका छन् भने उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहितको समिति निर्वाचत भएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा रामहरि श्रेष्ठ, उपसभापतिमा कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी भएका छन्। यस्तै सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित भएका छन्।
यसैबीच नेपाली कांग्रेसको निर्वाचन तालिकाअनुसार काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सोमबार हुने भएको छ। नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गरेका छन् भने दुई नम्बर प्रतिनिधिसभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गगरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।