काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरमा शनिबार सम्पन्न प्रदेशसभाका चारै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।
प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा प्रदीप कार्की सभापतिमा निर्वाचित भए। त्यसैगरी, १ को (ख)को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २ को (क)को सभापतिमा जेहेन्द्र खड्का तथा ख को सभापतिमा शिव हमाल निर्वाचित भएका छन्। प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।