काठमाडौं- १०औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक भोलि (आइतबार) बस्न लागेको हो। तर, समय भने तय भैसकेको छैन।
भोलिको बैठक मुख्यत: महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने लगायत कै विषयमा केन्द्रित हुनेछ। महाधिवेशन उद्घाटन पुर्व एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक पनि ९ मसिरमा चितवनमा बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।