काठमाडौं- नेकपा (एमाले)ले देशैभर १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट टुंगो लगाएको छ।
केन्द्रीय कमिटीले मनोनीत गर्नेबाहेक देशभरका प्रतिनिधि टुंगो लगाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
देशभरको छनोट सकेर अपडेट गर्ने काम पनि अन्तिम चरणमा पुगेको उनले बताए।
अहिलेसम्म १६३९ प्रतिनिधिको टुंगो लागेको छ। त्यस्तै, २६४ पदेन टुंगो लागेको छ। '१९०३ सहभागी हुने प्रतिनिधि टुंगो लागि सक्यो। अब बाँकी केन्द्रीय कमिटिले ५ प्रतिशत टुंगो लगाउने छ,' उनले भने।
एमालेले यसअघि नै महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।