काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार बनाउनेबारे छलफल गर्न नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबीचको बैठक बस्ने तयारी भएको छ।
तीन नेताबीचको बैठक कोइरालानिवास महाराजगञ्जमा केही बेरमा बस्ने जानकारी दिइएको छ।
आफ्नो पक्षको सभापतिमा साझा उम्मेदवार बनाउनेबारे छलफल केन्द्रित हुने बताइएको छ।
यसअघि आजै दिउँसो कोइराला र सिंहबीच चाक्सीबारीमा भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।