काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ।
नेता सिंहलाई भेट्न महामन्त्री कोइराला शनिबार दिउँसो चाक्सीबारीस्थित सिंहको निवासमा पुगेका थिए। उनीहरुबीच करिब ३० मिनेट कुराकानी भएको स्रोतले बताएको छ।
पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी रहेका नेताद्वयले संस्थापनइतर पक्ष एक भएर नै जानुपर्नेमा जोड दिएको बताइएको छ।
यसअघि नेता सिंहलाई भेट्न रामचन्द्र पौडेल, शेखर कोइरालालगायत नेता पनि चाक्सीबारीमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।