काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा मतदानबाट नेतृत्व चयन गरिएको छ।
प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए। १ को (ख)बाट कृष्णप्रसाद कोइराला सभापति निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भए। उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भए।
क्षेत्र नम्बर २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए। उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन्।
क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डे दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन्। उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भए।
क्षेत्र नम्बर ३ को (ख)बाट जीवनाथ पौडेल सभापतिमा निर्वाचित भए।
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।