झापा– नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत ललितपुर जिल्लाको मतपरिणाम सार्वजनिक भएको छ।
कांग्रेस ललितपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख), क्षेत्र नम्बर २ को प्रदेश सभा (क) र क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) र (ख)मा निर्वाचन मार्फत सभापति चयन भएका छन् भने क्षेत्र नम्बर २ को (ख)मा सर्वसम्मतिले सभापत चयन भएका छन्।
क्षेत्र नम्बर १ को (क) को सभापतिमा २०० मतिसहित मिलन सिलवाल विजयी भए। उनका प्रतिस्पर्धी तीर्थ घलानले ८३ मत ल्याए।
क्षेत्र नम्बर १ को (ख) को सभापतिमा ज्ञान बहादुर लो २०१ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कृष्ण चन्द्र महर्जनले ११० मत ल्याए।
क्षेत्र नम्बर २ को (क) को सभापतिमा दिवाकर नेपाल ८५ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी सञ्जय अर्यालले ६३ मत ल्याए।
क्षेत्र नम्बर २ को (ख) को सभापतिमा चन्द्रमान बज्राचार्य सर्वसम्मत रुपमा चयन भए।
क्षेत्र नम्बर ३ को (क) मा जितेन्द्र श्रेष्ठ ११५ मत ल्याएर सभापतिमा निर्वाचित भए। उनका प्रतिस्पर्धी गोविन्द घिमिरेले १०७ मत ल्याए।
क्षेत्र नम्बर ३ को (ख) मा सुरेन डंगोल १०२ मत ल्याएर सभापतिमा निर्वाचित भए। उनका प्रतिस्पर्धी निरन खड्काले ७० मत ल्याए।
१४औं महाधिवेशनअन्तर्त नेपाली कांग्रेसले शुक्रबार ७४ जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।