complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसमा संस्थापन इतरबाट सभापतिको एकल उम्मेदवार बन्ने सम्भावना न्यून

64x64
लिलु डुम्रे बिहीबार, मंसिर २, २०७८  २०:३२
1140x725

काठमाडौं– महाधिवेशन हुने सुनिश्चित भएसँगै गत शुक्रबार नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल पक्ष) को बैठक बोलाइएको थियो। बैठक बोलाउनुको मुख्य उद्देश्य आफ्नो पक्षबाट आसन्न महाधिवेशनमा सभापतिमा एकल उम्मेदवार चयन गर्नु थियो। नेता अर्जुननरसिंह केसीले संयोजन गरेको बैठकमा सभापतिको दाबी गर्नेमध्येकै एक नेता प्रकाशमान सिंह उपस्थित भएनन्। उनी सहभागी नभएपछि गत महाधिवेशनयता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको संस्थापनइतर पक्ष विभाजन भएको अड्कलबाजी सुरु भयो।

पौडेल पक्षमा रहेका ४ 'शीर्ष' नेताले एकले अर्कोलाई विश्वास गर्न सक्ने अवस्था निर्माण भइसकेको छैन। बरु आफैं सभापतिको लागि किन योग्य छु र अर्को किन छैन भन्ने 'दाबी–विरोध' सुरु भएको छ। परिणामतः आसन्न महाधिवेशनमा पौडेल पक्षबाट सभापतिमा एकल उम्मेदवार बन्ने सम्भावना क्षीण बनेको छ।

शशांकको तुरुन्तै ‘मुड चेन्ज’
आसन्न १४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व (सभापति)मा दाबी गरेका तीन नेताको बैठकपछि बाहिरिने क्रममा महामन्त्री डा शशांक कोइरालाले पत्रकारहरुसँग भनेका थिए- ‘हाम्रो तर्फबाट १ जना सभापतिको उम्मेदवार हुन नसके शेरबहादुर देउवालाई बुझाइदिए हुन्छ।’

टिममा विभाजन त छैन? भन्ने पत्रकारको प्रश्नमा शशांकको जवाफ थियो, ‘अहिलेसम्म त छैन। चारै जना सभापतिको उम्मेदवार हुँदा त्यसमै विभाजित त हामी छौं नि।’

एकल उम्मेदवारी नदिँदा देउवालाई स्वतः सुम्पिए हुने बुझेका शशांकले मंगलबार कोइराला परिवारका अर्का नेता डा शेखर कोइरालालाई भेटे। भेटका लागि शशांकले नै फोन गरेका थिए, र शशांक शेखरको घरमै पुगेका थिए। बुधबार बिहान पत्रकार सम्मेलन गरी दाजु शेखरलाई शशांकले समर्थन जनाएको विषय सार्वजनिक गर्ने तय भएको थियो।

उक्त 'आन्तरिक सहमति' १२ घन्टा पनि टिकेन। स्रोतका अनुसार पत्रकारलाई आमन्त्रण गर्नुअघि शशांकले आफू निकट केही नेताहरूलाई फोन गर्न चाहे। फोन संवाद गरेसँगै उनको 'मुड'मा परिवर्तन आयो। उनले बालुवाटारबाट बोलावट आएकाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानुपर्ने बताए, तर बालुवाटार पुगेनन्। पत्रकार सम्मेलन थाती राखेर बरु उनी संखुवासभातिर लागे। त्यहीँबाट शशांकले आसन्न महाधिवेशनमा सभापतिको दाबेदारीबाट पछि नहटेको प्रतिक्रिया दिए।

दुई दिनअघि सर्लाहीमा बोल्ने क्रममा शशांकले अर्का सभापतिका दाबेदार प्रकाशमान सिंहप्रति कटाक्ष गरेका थिए। सिंहलाई काठमाडौं बाहिरका कार्यकर्ताले नचिनेको र वरिष्ठ नेता पौडेल एकपटक सभापतिमा प्रतिस्पर्धी भइसकेकाले शेखरलाई समर्थन गर्ने संकेत गरेका थिए। अर्को विकल्प पनि उनले अघि सारेको शशांकका निकटस्थहरु बताउँछन्। वरिष्ठ नेता पौडेल र शेखरले एकले अर्कोलाई समर्थन गरेको अवस्थामा आफ्नो पनि सहमति रहने उनको विकल्प थियो।

तर, पछिल्लो दुई दिनमा विकसित घटनाक्रमले शशांक आफ्नो समूहका अन्य नेतालाई सभापतिमा समर्थन गर्ने पक्षमा देखिँदैनन्। आफूबाहेक अरुले देउवालाई पराजित गर्न नसक्ने भनेर उनले केही समय अघिसम्म बताउँदै आएका थिए। बाबु बीपी कोइरालाको ‘विरासत’मा सभापतिमा उठ्ने मनस्थितिबाट पछि नहट्ने संकेत शशांकले देखाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रकाशमान पछि ‘नहट्ने’  
सभापतिका अर्का दाबेदार प्रकाशमान सिंहले कार्यकर्ताका बीचमा नछुटाउने केही अभिव्यक्ति छन्– ‘नेविसंघको राजनीति गरेँ। काठमाडौंको जिल्ला सभापति बनेँ। केन्द्रीय सदस्यमा राम्रो मतसहित विजयी भएँ। महामन्त्री भएँ। उपसभापति पनि भएँ। सभापतिको मेरो उम्मेदवारी नेचुरल हो।’

कसैले आफूभन्दा उपयुक्त उम्मेदवार भएको भनेर कन्भिन्स गर्न सके मात्रै पछि हट्ने उनको जिकिर छ। उनले ‘ममा के कमजोरी छ?’ भनेर पौडेल पक्षका अन्य दाबेदारलाई प्रश्न राख्दा अन्य नेताले चित्त बुझाउन सक्ने जवाफ फर्काउन सकेका छैनन्।

गत एक साताको दौडधुपबाटै सिंहले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट संकेत दिइसकेका छन्। भारत भ्रमणदेखि जिल्लाका विभिन्न कार्यक्रममा उनी सरिक भएका छन्। पश्चिमको पोखरादेखि पूर्व विराटनगरको कार्यक्रममा एकै दिन सम्बोधन गर्न पुगेका छन्। सभापतिमा उम्मेदवारी घोषणा गर्ने नेताहरुमा सम्भवतः सिंह नै पहिलो व्यक्ति हुन्, जसले सम्पादकसँग बिहीबार अन्तक्रिया गरेका छन्।

पौडेल क्याम्पबाट बिस्तारै बाहिर निस्कन खोजेका उनी गत शुक्रबार उक्त पक्षको बैठकमा सहभागी भएनन्। पौडेल पक्षबाट बाहिर निस्कने तयारीमा रहेका सिंहलाई शशांकको बोलीले पनि थप मलजल गरेको छ। काठमाडौं बाहिरका कार्यकर्ताले सिंहलाई चिन्दैनन् भनी शशांकले दिएको अभिव्यक्तिलाई उनले विराटनगरबाट प्रतिवाद गरे। १२औं महाधिवेशनमा सभापतिमा निर्वाचित सुशील कोइरालाले भन्दा बढी मत प्राप्त गरेर महामन्त्रीमा विजयी भएको तथ्यांक पनि सिंहले प्रस्तुत गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपसभापति विमलेन्द्र निधिको तदारुकतामा  हुने गरेको ‘तीन भाइ’को संवाद प्रक्रियामा  शशांकको उक्त अभिव्यक्तिले 'ब्रेक' लाग्ने देखिएको छ।

शेखरको आत्ममूल्यांकन
आफ्नो समूहका अन्य नेताभन्दा आफू बलियो भएको शेखर कोइरालाको आत्ममूल्यांकन छ। प्रतिनिधि सभाको २०७४ को निर्वाचनमा पराजित भएपछि सम्भवतः जिल्ला भ्रमण गर्ने कांग्रेस नेतामा पहिलो स्थानमा शेखर पर्दछन्। जिल्ला भ्रमण र नेता कार्यकर्ताको मनोभावना बुझेको विषयलाई उनले आफू विजयी हुने 'आधार' देखाउँने गरेका छन्।

जिल्ला भ्रमणले नेताप्रति हेर्ने दृष्टिकोणमा फेरबदल गर्छ। नेता बलियो हुने बलियो आधार नै कार्यकर्ता भेटघाट र उनीहरुको समस्या सुन्नु रहेको एक केन्द्रीय सदस्य बताउँछन्। ‘गिरिजाप्रसाद कोइराला जिल्ला आउँदा यहाँ बस्नुहुन्थ्यो। उहाँ हिँड्दा यहाँ गाडी बिग्रेको थियो। कार्यकर्ताका कुरा ध्यान दिएर सुन्नुहुन्थ्यो’, कार्यकर्ताका यस्तै कुरालाई ‘क्यास’ गर्न शेखर लागेको बताउँदै उनी भन्छन्, ‘पराजित भएपछि संसदमा लागि समय छुट्याउनु परेन। पदाधिकारी नभएकाले पार्टीकै कार्यमा धेरै समय दिनु परेन। उनले जिल्ला भ्रमणलाई प्राथमिकता दिए।’

देशभरका कार्यकर्ताको लोकप्रिय मत आफ्नो पक्षमा आउनेमा शेखर ढुक्क जस्तै देखिन्छन्। साथै, नयाँ पुस्ताबाट प्रतिनिधि छानिने क्रम बढेकाले उक्त मत आफूलाई खस्ने उनको आकलन छ। संस्थापनइतरमा आफू नै बलियो उम्मेदवार भएको उनको आत्ममूल्यांकन छ। हालसम्म चयन भएका प्रतिनिधिमा आफू पक्षधर बढी रहेको उनी पक्षको दाबी छ।

पौडेलप्रति अरुको विश्वास छैन
गत महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी रहिसकेका र अन्य नेताभन्दा कांग्रेसमा योगदान बढी भएकाले रामचन्द्र पौडेल भावी सभापतिका स्वाभाविक उम्मेदवार हुन्। तर, विगतको आधार र उमेर देखाएर पौडेललाई छोड्न अन्य नेता तयार छैनन्।

सभापतिका अन्य प्रतिस्पर्धीलाई समन्वय गर्न पनि पौडेल चुकेका छन्। साथै, पौडेलप्रति विश्वास नभएकै कारण सभापतिको प्रत्यासीमा उनलाई स्वीकार्न अन्य नेता तयार छैनन्। पौडेल सभापति बनेर कांग्रेस ‘चल्नै नसक्ने’ अभिव्यक्ति नेता सिंहले सार्वजनिक रुपमा दिइसकेका छन्।

आफ्नो समूहका सभापतिका आकांक्षी नेताहरुको छलफल बोलाउन पौडेललाई जिम्मेवारी दिइएको समेत बताइएको छ। एकल उम्मेदवारी तय गर्न स्वीकार्य प्रस्ताव ल्याउन पौडेललाई जिम्मेवारी दिए पनि उनले बैठक बोलाउन सकेका छैनन्। बिहीबार साँझ यही छलफलकै लागि उनी सिंहलाई भेट्न चाक्सीबारी पुगे।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २०:३२
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्