• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्याय नपाइने यो कस्तो न्यायालय?

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर २, २०७८  ०७:२३
1140x725

काठमाडौं- बाराका रामरतन राय सर्वोच्च अदालत धाउन थालेको चार वर्ष बितिसक्यो। सर्वोच्चमा उनको अंशमुद्दा चलिरहेको छ। यो मुद्दा जिल्ला अदालतबाट उच्च हुँदै सर्वोच्चमा आइपुगेको हो। 

सर्वोच्च परिसरमा मंगलबार भेट्दा उनी दाजुसँगै थिए। उनीहरू मुद्दाको तारेखकै लागि बाराबाट यहाँ आएका हुन्। यहाँ उनको आफन्त कोही छैनन्। होटलमा बस्नुपर्दा खर्च धान्नै नसकिने अवस्था छ।

'जति धेरै यता बस्यो, खर्च पनि बढ्छ। यो महंगो ठाउँमा बस्न धौ-धौ छ। काम बन्दैन, बस्नैपर्छ,' रामरतनको गुनासो छ।

सर्वोच्चमा चलिरहेको विवाद र आन्दोलनको मारमा रामरतनका दाजुभाइ जस्तै कैयौं सेवाग्राही छन्। जो न्याय पाउने आशमा हरेक दिन सर्वोच्च आइपुग्छन्। र, रित्तै फर्किनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन्।

न्याय पाउने आशमा आएका सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा दिनुपर्ने न्यायालयले उल्टै न्याय मागिरहेको छ। 

रामरतनका दाजु रविखन राय भन्छन्, 'तारिखको पर्चा हातमा बोकेर कुदेको कुद्‍यै छौं। थाहा छैन, कहिलेसम्म यसरी कुद्‌नु पर्ने हो।'

चार वर्षदेखि यी दाजुभाइ निरन्तर बारा-काठमाडौं गरिरहेका छन्। एक त सरकारी काम, त्यसैमा मुद्दा मामिलाको झन्झट। उनीहरू वाक्क भइसकेका छन्।बारा-काठमाडौं भन्दा पनि लामो दिक्दारी छ उनीहरूमा। 

राय दाजुभाइजस्तै उदास मुद्रामा सर्वोच्च परिसरमा भेटिए, उदयपुर गाइघाटका उपेन्द्र मलाल। उनी टुसुक्क बसेर घाम तापिरहेका थिए। उनीसँगै थिइन् कल्पना राउत। मलाल सवारी ज्यानको मुद्दाका लागि सर्वोच्च आएका रहेछन्। सप्तरीको राजविराजस्थित उच्च अदालतमा मुद्दा हारेपछि सर्वोच्चमा आएको उनले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चमा यो उनको पहिलो दिन थियो। उनी गाइघाटबाट मंगलबार नै मुद्दा दर्ताका लागि आएका थिए। केही दिनअघि नै आउने तयारी गरेका उनले सर्वोच्चमा जारी आन्दोलनबारे समाचार पढे। त्यसपछि आन्दोलनकै कारणा काम नहुने सोचेर बसेका उनी मंगलबार बल्ल सर्वोच्च आइपुगेका हुन्। उसो त गाउँका अरुले पनि अहिले नजान सुझाएका थिए। उनले सोचे- सर्वोच्चजस्तो ठाउँमा कसो काम नहोला! तर, यहाँ आइपुगेपछि उनले मुद्दा दर्ता गर्न नै पाएका छैनन्। 

दिनको १२ बज्न लाग्दासमेत उनको मुद्दा दर्ता हुने प्रक्रिया अगाडि बढेको थिएन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका कानुन व्यवसायीले जारी राखेको आन्दोलनका कारण उनको मुद्दा दर्ता हुने/नहुने अन्योल थियो। मुद्दा दर्ता गरेर मंगलबार नै फर्कने सोचमा रहेका उनी के गर्ने भन्ने दोधारमा थिए।

'यहाँ बस्नलाई आफन्त कोही छैन। फर्केर जाउँ भने मुद्दा दर्ता नै भएको छैन,' मलालले भने।

काभ्रे, मण्डन देउपुर घर भएका रामप्रसाद दुलालको मुद्दाको मंगलबार नै पेसी थियो। उनको मुद्दा जग्गा सम्बन्धी थियो। यही मुद्दाका कारण उनी २०७४ सालदेखि अदालत धाइरहेका छन्। काभ्रेमा बस्ने उनी तारेख थाम्न सर्वोच्च आइरहन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी भन्छन, ‘राजनीतिक भागबन्डा जताततै छ। यस्ता खालका बेथितिले गर्दा सर्वसाधारणलाई ठूलो असर पुर्‍याएको छ।’

उनी जिल्लामा मुद्दा हारेपछि सर्वोच्च आएका हुन्। जिल्ला अदालतले उनको जग्गा वनको हो भनेर फैसला सुनाएको थियो। ‘उनीहरू (अदालत) वनको भन्छन्। गाविस, वन उपभोक्ता समितिले मेरो भनेर सिफारिस गरेको छ। त्यही नापीले स्पष्ट रुपमा भनेको छ’, उनले भने। 

उच्च अदालतले भू-बन्धकी राखेको भनेर फैसला गरेको छ। जग्गा भू-बन्धकी राखेपछि फिर्ता गर्ने कानुनी व्यवस्था रहेको दाहाल बताउँछन्।

‘यति प्रमाण हुँदाहुँदै उताबाट यता, यताबाट उता घुमाएर हैरान बनाएका छन्’, दाहालले दु:खेसो पोखे, ‘यो आन्दोलन केका लागि हो? के नपाएर यसो गरेका छन्? हामी जस्तो गाउँबाट आउने सेवाग्राहीलाई अन्याय गर्न मिल्छ?’

सर्वोच्च परिसरमै भेटिए, काठमाडौं गैरीधाराका राजु शर्मा। उनी पनि जग्गा सम्बन्धी मुद्दाकै कारण सर्वोच्च आएका हुन्। जिल्ला र उच्च अदालतमा हारेपछि उनले २०७३ मा सर्वोच्चमा मुद्दा हालेका थिए। मुद्दा सुनुवाइ हुने/नहुने अन्योलबीच सर्वोच्च पुगेका उनी आफूभन्दा दूरदराजबाट आउनेप्रति चिन्तित देखिए।

‘काठमाडौंमा बस्ने मान्छेलाई गाह्रो छैन होला। दूरदराजबाट आउनेको लस्कर हुन्छ। यसैका लागि धेरै पैसा खर्च गरेर आएका हुन्छन्। समयको खर्च हुन्छ। यहाँ आएर काम नपर्दा त्यसको क्षतिपूर्ति कसले दिन्छ?’, शर्माको प्रश्न छ।

देशको हरेक क्षेत्रमा घुसेको राजनीतिका कारण नागरिकले सास्ती खेप्नु परिरहेको उनको दु:खेसो छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै कानून व्यवसायीहरुको छाता संस्था, नेपाल बार एसोसिएसनले हरेक दिन सर्वोच्चमा धर्ना दिइरहेको छ। राणाको राजीनामा माग गरेर अधिकांश न्यायाधीशहरू इजलास बहिष्कार गरिरहेका छन्। 

यो आन्दोलन कहिलेसम्म जारी रहन्छ टुंगो छैन। जसका कारण न्यायका लागि सर्वोच्च पुग्ने सेवाग्राही रित्तै हात फर्किनुपरेको छ। 

उनीहरूको प्रश्न छ- न्याय नपाइने यो कस्तो न्यायालय? 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्