• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्याय नपाइने यो कस्तो न्यायालय?

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर २, २०७८  ०७:२३
1140x725

काठमाडौं- बाराका रामरतन राय सर्वोच्च अदालत धाउन थालेको चार वर्ष बितिसक्यो। सर्वोच्चमा उनको अंशमुद्दा चलिरहेको छ। यो मुद्दा जिल्ला अदालतबाट उच्च हुँदै सर्वोच्चमा आइपुगेको हो। 

सर्वोच्च परिसरमा मंगलबार भेट्दा उनी दाजुसँगै थिए। उनीहरू मुद्दाको तारेखकै लागि बाराबाट यहाँ आएका हुन्। यहाँ उनको आफन्त कोही छैनन्। होटलमा बस्नुपर्दा खर्च धान्नै नसकिने अवस्था छ।

'जति धेरै यता बस्यो, खर्च पनि बढ्छ। यो महंगो ठाउँमा बस्न धौ-धौ छ। काम बन्दैन, बस्नैपर्छ,' रामरतनको गुनासो छ।

सर्वोच्चमा चलिरहेको विवाद र आन्दोलनको मारमा रामरतनका दाजुभाइ जस्तै कैयौं सेवाग्राही छन्। जो न्याय पाउने आशमा हरेक दिन सर्वोच्च आइपुग्छन्। र, रित्तै फर्किनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन्।

न्याय पाउने आशमा आएका सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा दिनुपर्ने न्यायालयले उल्टै न्याय मागिरहेको छ। 

रामरतनका दाजु रविखन राय भन्छन्, 'तारिखको पर्चा हातमा बोकेर कुदेको कुद्‍यै छौं। थाहा छैन, कहिलेसम्म यसरी कुद्‌नु पर्ने हो।'

चार वर्षदेखि यी दाजुभाइ निरन्तर बारा-काठमाडौं गरिरहेका छन्। एक त सरकारी काम, त्यसैमा मुद्दा मामिलाको झन्झट। उनीहरू वाक्क भइसकेका छन्।बारा-काठमाडौं भन्दा पनि लामो दिक्दारी छ उनीहरूमा। 

राय दाजुभाइजस्तै उदास मुद्रामा सर्वोच्च परिसरमा भेटिए, उदयपुर गाइघाटका उपेन्द्र मलाल। उनी टुसुक्क बसेर घाम तापिरहेका थिए। उनीसँगै थिइन् कल्पना राउत। मलाल सवारी ज्यानको मुद्दाका लागि सर्वोच्च आएका रहेछन्। सप्तरीको राजविराजस्थित उच्च अदालतमा मुद्दा हारेपछि सर्वोच्चमा आएको उनले सुनाए। 

Ncell 2
Ncell 2

सर्वोच्चमा यो उनको पहिलो दिन थियो। उनी गाइघाटबाट मंगलबार नै मुद्दा दर्ताका लागि आएका थिए। केही दिनअघि नै आउने तयारी गरेका उनले सर्वोच्चमा जारी आन्दोलनबारे समाचार पढे। त्यसपछि आन्दोलनकै कारणा काम नहुने सोचेर बसेका उनी मंगलबार बल्ल सर्वोच्च आइपुगेका हुन्। उसो त गाउँका अरुले पनि अहिले नजान सुझाएका थिए। उनले सोचे- सर्वोच्चजस्तो ठाउँमा कसो काम नहोला! तर, यहाँ आइपुगेपछि उनले मुद्दा दर्ता गर्न नै पाएका छैनन्। 

दिनको १२ बज्न लाग्दासमेत उनको मुद्दा दर्ता हुने प्रक्रिया अगाडि बढेको थिएन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका कानुन व्यवसायीले जारी राखेको आन्दोलनका कारण उनको मुद्दा दर्ता हुने/नहुने अन्योल थियो। मुद्दा दर्ता गरेर मंगलबार नै फर्कने सोचमा रहेका उनी के गर्ने भन्ने दोधारमा थिए।

'यहाँ बस्नलाई आफन्त कोही छैन। फर्केर जाउँ भने मुद्दा दर्ता नै भएको छैन,' मलालले भने।

काभ्रे, मण्डन देउपुर घर भएका रामप्रसाद दुलालको मुद्दाको मंगलबार नै पेसी थियो। उनको मुद्दा जग्गा सम्बन्धी थियो। यही मुद्दाका कारण उनी २०७४ सालदेखि अदालत धाइरहेका छन्। काभ्रेमा बस्ने उनी तारेख थाम्न सर्वोच्च आइरहन्छन्। 

उनी भन्छन, ‘राजनीतिक भागबन्डा जताततै छ। यस्ता खालका बेथितिले गर्दा सर्वसाधारणलाई ठूलो असर पुर्‍याएको छ।’

उनी जिल्लामा मुद्दा हारेपछि सर्वोच्च आएका हुन्। जिल्ला अदालतले उनको जग्गा वनको हो भनेर फैसला सुनाएको थियो। ‘उनीहरू (अदालत) वनको भन्छन्। गाविस, वन उपभोक्ता समितिले मेरो भनेर सिफारिस गरेको छ। त्यही नापीले स्पष्ट रुपमा भनेको छ’, उनले भने। 

उच्च अदालतले भू-बन्धकी राखेको भनेर फैसला गरेको छ। जग्गा भू-बन्धकी राखेपछि फिर्ता गर्ने कानुनी व्यवस्था रहेको दाहाल बताउँछन्।

‘यति प्रमाण हुँदाहुँदै उताबाट यता, यताबाट उता घुमाएर हैरान बनाएका छन्’, दाहालले दु:खेसो पोखे, ‘यो आन्दोलन केका लागि हो? के नपाएर यसो गरेका छन्? हामी जस्तो गाउँबाट आउने सेवाग्राहीलाई अन्याय गर्न मिल्छ?’

सर्वोच्च परिसरमै भेटिए, काठमाडौं गैरीधाराका राजु शर्मा। उनी पनि जग्गा सम्बन्धी मुद्दाकै कारण सर्वोच्च आएका हुन्। जिल्ला र उच्च अदालतमा हारेपछि उनले २०७३ मा सर्वोच्चमा मुद्दा हालेका थिए। मुद्दा सुनुवाइ हुने/नहुने अन्योलबीच सर्वोच्च पुगेका उनी आफूभन्दा दूरदराजबाट आउनेप्रति चिन्तित देखिए।

‘काठमाडौंमा बस्ने मान्छेलाई गाह्रो छैन होला। दूरदराजबाट आउनेको लस्कर हुन्छ। यसैका लागि धेरै पैसा खर्च गरेर आएका हुन्छन्। समयको खर्च हुन्छ। यहाँ आएर काम नपर्दा त्यसको क्षतिपूर्ति कसले दिन्छ?’, शर्माको प्रश्न छ।

देशको हरेक क्षेत्रमा घुसेको राजनीतिका कारण नागरिकले सास्ती खेप्नु परिरहेको उनको दु:खेसो छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै कानून व्यवसायीहरुको छाता संस्था, नेपाल बार एसोसिएसनले हरेक दिन सर्वोच्चमा धर्ना दिइरहेको छ। राणाको राजीनामा माग गरेर अधिकांश न्यायाधीशहरू इजलास बहिष्कार गरिरहेका छन्। 

यो आन्दोलन कहिलेसम्म जारी रहन्छ टुंगो छैन। जसका कारण न्यायका लागि सर्वोच्च पुग्ने सेवाग्राही रित्तै हात फर्किनुपरेको छ। 

उनीहरूको प्रश्न छ- न्याय नपाइने यो कस्तो न्यायालय? 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पूर्वराज्यमन्त्री चौधरीको निधन राष्ट्रिय मुक्ति पार्टीको थारु राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरी २०७४ मा सप्तरीबाट चुनाव जितेर ऊर्जा राज्यमन्त्री भएका थिए । शनिबार, पुस २६, २०८२
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सश... शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मि... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्