काठमाडौं– दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय देवरकोन्डा यतिबेला आफ्नो आगामी फिल्म ‘लाइगर’को छायांकनमा व्यस्त छन्। हाल अभिनेता विजय र फिल्मकी अभिनेत्री अनन्या पाण्डेसहित फिल्मको निर्माण टोली छयांकनका लागि अमेरिकामा पुगेको छ।
यो फिल्ममा विजयले बक्सिङका महान खेलाडी माइक टाइसनसँग भिडन्त गर्ने भएका छन्। अमेरिका पुगेका विजयले आफ्नो इन्स्टाग्राममार्फत टाइसनसँगको फोटो राख्दै यसको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘यो मेरो प्रेम हो। म उनीसँग बिताएको हरेक पललाई याद बनाइरहेको र यी यादहरु सधैंका लागि खास हुनेवाला छन्। लाइगर भर्सेज द लिजेन्ड। जब म आयरन माइक टाइसनको अघि पहिलो पटक आएँ।’
विजयको यो फिल्मलाई दक्षिण भारतका चर्चित निर्देशक पुरी जगन्नाथले निर्देशन गरिरहेका छन्। एक्सन ड्रामा फिल्मलाई करण जोहर र चार्मी कौरले संयुक्त रुपमा निर्माण गरिरहेका छन्। फिल्म हिन्दी, तमिल, तेलगु, कन्नड र मलायगरि पाँच विभिन्न भाषामा प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।