काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
यो अघिल्ले वर्षको सोहि अवधिको तुलनामा ७.६ प्रतिशतले कम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा बढेको छ। ३ महिना चालु आवको साउन, भदा र असोज)मा ६६ हजार ३१६ जनाले यस्तो स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो।
त्यसैगरी, सो अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्यासमेत उल्लेख्य रुपमा बढको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।