complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशनका लागि छानिएका ३६४ प्रतिनिधिमा कुन पक्ष बलियो?

64x64
लिलु डुम्रे मंगलबार, कात्तिक ३०, २०७८  १८:१२
1140x725

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि १३ जिल्लाबाट प्रतिनिधि चयन भएका छन्। हालसम्म छनोट भएका ३६४ प्रतिनिधिमध्ये बहुमत संख्या आफ्नो पक्षमा रहेको पार्टी भित्रका बेग्लाबेग्लै समूहको दाबी छ।

अधिवेशन सकिएका १३ जिल्लामध्ये गोरखामा मात्रै दुई निर्वाचन क्षेत्र रहेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जना चयन हुने हुँदा १३ जिल्लाबाट ३६४ प्रतिनिधि चयन भइसकेका छन्। मनाङ, मुस्ताङ, गोरखा, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, दोलखा, कालीकोट, हुम्ला, रुकुमपूर्व, बाजुरा र बझाङ जिल्लाको अधिवेशन सकिएको छ। 

छनोट भएका प्रतिनिधिमा आ-आफ्नो पक्ष बलियो रहेको कांग्रेस भित्रका तीनै समूहको दाबी छ। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले १३ जिल्लाका प्रतिनिधिमा आफ्नो पक्ष स्पष्ट बहुमतमा रहेको दाबी गरेको छ। अर्कोतर्फ, संस्थापनइतरको, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवा पक्षको दाबीलाई अस्वीकार गरेको छ। तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षले दोस्रो स्थानमा आफूनिकट प्रतिनिधि चयन भएको दाबी गरेको छ।

संस्थापनइतरमा पनि फरक-फरक पक्षले आफ्नो समूहनिकट बढी चुनिएको दाबी गरेका छन्। चयन भएका प्रतिनिधिकै आधारमा महाधिवेशन भए पनि देउवा पराजित हुने सभापतिको उम्मेदवारी घोषणा गरेका डा शेखर कोइराला पक्षको निचोड छ। अहिले चयन भएका प्रतिनिधि विगतको निरन्तरता नभएकाले शेखर विजयी हुने आधार बन्दै गएको उक्त पक्षको आकलन छ। 

शेखरनिकट रहेर उनलाई सभापतिमा विजयी गराउनका लागि सक्रिय राजनीतिक विश्लेषक पुरञ्जन आचार्य १३ जिल्लाको आधारमा नै देउवा पराजित हुने दाबी गर्छन्। विगतको महाधिवेशन र अहिलेका प्रतिनिधि चयनको आफूले अध्ययन गरेको उनले बताए।

‘एउटा फ्रेस नेतृत्वको खोजी छ। यही हुन्छ भन्ने छैन। तर, अहिले भइरहेकोमध्ये एउटा फ्रेस स्टार्ट गर्दाखेरी डा शेखर कोइराला त्यसमा अरुभन्दा अग्रिम मोर्चामा छन्’, विश्लेषक आचार्य भन्छन्, ‘उनी फ्रेस छन्। अर्को कुरा उनीसँग युवा टीम छ। अहिले आउने अधिकांश महाधिवेशन प्रतिनिधिहरु धेरैजसो युवाहरु पनि छन्।’

शेखरनिकट आचार्यको दाबीलाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले खण्डन गर्छन्। शेखरको पक्षमा सीमित संख्यामा लोकप्रिय मत आउने काफ्ले बताउँछन्। तेस्रो धारका नेता सिटौलानिकट रहेका काफ्लेले चयन भएका प्रतिनिधिमध्ये पहिलो स्थानमा देउवा पक्ष र दोस्रो स्थानमा आफ्नो समूह रहेको दाबी गरे।

‘शेखर दाइको पक्षमा सबै क्षेत्रबाट लोकप्रिय केही मत आएको छ। त्यो मत न्यून हुन्छ। एउटा क्षेत्रबाट २/४ जना उहाँको पक्षमा आउँदैमा समग्रमा बहुमत आफ्नो पक्षमा आएको मान्न सकिन्न’, काफ्लेले भने, ‘संगठनको मत देउवा पक्षकै बढी आएको छ। दोस्रोमा सिटौला पक्ष हो।’

Ncell 2
Ncell 2
nimb
nimb

बाजुरामा सिटौला पक्षबाट बढी प्रतिनिधि निर्वाचित भएको उक्त खेमाको दाबी छ। दोलखामा देउवा र सिटौला पक्षका प्रतिनिधि बराबर आएको बताइन्छ। पौडेल समूहमा चार पक्षमा प्रतिनिधि विभाजित हुने अवस्था छ। एउटै समूहका चार नेताका पक्षधर प्रतिनिधि चयन हुँदा त्यसको प्रत्यक्ष लाभ देउवा समूहले उठाउने विश्लेषण हुने गरेको छ।

दशैंअघि २१ हिमाली जिल्लाको अधिवेशन सक्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि १३ जिल्लाको मात्र अधिवेशन सकिएको थियो। २१ हिमाली जिल्लाध्ये अधिवेशन हुन नसकेका आठ जिल्लामा सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, दार्चुला, धादिङ र म्याग्दी छन्। सिन्धुपाल्चोकमा तीन वडाको अधिवेशनको मिति कात्तिक २७ का लागि तय गरिएको थियो। उक्त मितिमा पनि अधिवेशन हुन सकेको छैन। सिन्धुपाल्चोकमा समायोजनको विवाद कायमै रहेको बताइएको छ।

पौडेल पक्षले आफ्नो भनी दाबी गरेका निर्वाचित दुई जिल्ला सभापतिमा समेत देउवा खेमाले आफूनिकट रहेको बताएको छ। पूर्वी रुकुमका केशरमान रोका र गोरखाका नन्दप्रसाद न्यौपाने संस्थापननिकट रहेको देउवानिकट एक नेताले बताए। पूर्वी रुकुम र गोरखामा संस्थापन पक्षको सहयोगले जिल्ला सभापति चयन गरिएको देउवा समूहको भनाइ छ।

जिल्ला सभापतिमा पौडेल पक्ष बहुमतमा देखिएको बताइन्छ। पौडेल समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका र बाजुरामा रामसिंह रावल चुनिएका छन्। गोरखामा निर्वाचित सभापति नन्दप्रसाद न्यौपाने नेता गगन थापानिकट हुन्। यद्यपि, रोका र न्यौपाने आफू निकट रहेको संस्थापन पक्षको दाबी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवा समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्