complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

नेतृत्व र नीति महाधिवेशन छुट्टा–छुट्टै गर्दा कांग्रेसलाई के लाभ हुन्छ?

64x64
लिलु डुम्रे सोमबार, कात्तिक २९, २०७८  २०:२६
1140x725

काठमाडौं– कांग्रेसको तेह्रौं महाधिवेशन २०७२ फागुन २० देखि सुरु भएको थियो। खुलामञ्चमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र २१ गतेदेखि भृकुटीमण्डपमा आयोजना गरिएको थियो। २१ गते पेस गरिएको पार्टीको नीति तथा कार्यक्रम, सांगठनिक र आर्थिक प्रतिवेदनहरु २२ गतेको बन्दसत्रले पारित गरेको थियो।

तर, महाधिवेशन सुरु भएदेखि नै कांग्रेसका नेता तथा कार्यकर्तालाई नेतृत्वका लागि हुने निर्वाचनले छोपिसकेको थियो। त्यसको असर २२ गते देखियो। बन्दसत्रमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा सभापतिका प्रत्यासीहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा तथा कृष्ण सिटौला नै महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न व्यस्त भएका थिए। पदाधिकारीका अन्य प्रत्यासीले पनि भोट माग्नै व्यस्त भए। नेतृत्वले नै 'बहिस्कार' गरेका कारण नीति तथा कार्यक्रममाथि सार्थक छलफल हुन सकेन।

महाधिवेशनभन्दा अघि र महाधिवेशन अवधिभर आगामी नेतृत्वको विषयमा चर्चा र चासो हुने तथा प्रत्यासीहरुले पनि आफूलाई त्यसैमा व्यस्त राख्ने उदाहरण तेह्रौं महाधिवेशनमा मात्रै होइन, त्यसअघि पनि देखिने गरेको छ। त्यसैले कांग्रेस लगायतका पार्टीका महाधिवेशनताका 'नीतिमा होइन, नेतृत्वमा बहस' भन्ने समाचारहरु सार्वजनिक हुन्छन्, आलोचना गरिन्छन्। यस्तै प्रवृत्तिबाट पाठ सिकेर नेकपा एमालेले विधान महाधिवेशन छुट्टै आयोजना गर्‍यो, राष्ट्रिय महाधिवेशन मंसीर १०-१२ मा आयोजना गर्दैछ। कांग्रेसले पनि यही शैली अपनाएको छ। अब उसको पनि राष्ट्रिय महाधिवेशन र नीति महाधिवेशन छुट्टाछुट्टै हुनेछ।

यसअघि भएका १३ वटा महाधिवेशनमा प्रचलित पद्धतिलाई थप परिष्कृत गर्दै नेतृत्व र नीति महाधिवेशन फरकफरक समयमा गर्न लागिएको हो। आइतबार केन्द्रीय कार्यसमितिबाट पारित निर्णय अनुसार १४औं महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने भएको छ। नीतिका विषयमा छलफल गर्न छुट्टै नीति महाधिवेशन आयोजना गरिनेछ।

कांग्रेसमा चर्चामा नरहेको उक्त विषय अकस्मात आइतबारको बैठकमा प्रवेश पाएको थियो। शीर्ष नेताको बैठकमा सहमति भइसकेपछि उक्त प्रस्तावलाई केन्द्रीय समितिको बैठकमा पेश गरिएको थियो। उक्त प्रस्तावमा फरक विचार राख्ने कुनै केन्द्रीय सदस्य नभएपछि कांग्रेसले महाधिवेशनका लागि नयाँ बाटो अवलम्बन गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विगतका महाधिवेशनमा देखिएको परिदृश्य यसपटक हट्ने नेताहरुको दाबी छ। पार्टीको नीतिका सन्दर्भमा हलमा प्रस्ताव आए पनि औपचारिकतामा मात्रै सिमित हुने गरेको थियो। नेतृत्व चयनमा सबैको ध्यान केन्द्रित हुँदा पार्टीले अवलम्बन गर्ने नीतिमा खासै बहस नहुने परम्परा थियो। ‘नीति, विचार र सिद्धान्तमा छलफल कम हुन्थ्यो। औपचारिकताका लागि नीति पारित गरिन्थ्यो। नीतिको प्रस्ताव पनि औपचारिकतामा सीमित हुने थियो’, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्।

महाधिवेशन प्रतिनिधिहरुको सबै ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा पार्टी नीतिमुखी नभइ नेतृत्वमुखी हुँदै गएको थियो। नीति महाधिवेशन छुट्टै गर्दा पार्टी संरचना पनि नीतिमुखी हुँदै जाने विश्लेषण गर्छन्, वाग्ले।

आइतबार पारित निर्णयले नीति, विचार, सिद्धान्तमाथि सघन बहस हुने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरिएको छ। नेतृत्व र नीति महाधिवेशन फरक–फरक समयमा हुँदा पार्टी गतिशील हुन पनि सहयोग पुग्ने आकलन गरिएको छ। तथापि, नीति महाधिवेशन कुन पद्धतिबाट गर्ने खुलिसकेको छैन। ‘कुन रुपमा नीति महाधिवेशन गर्ने पार्टी नेतृत्वमा भरपर्छ’, वाग्ले भन्छन्, ‘पार्टी जीवनमा नयाँ विधिले अवश्य नै सकारात्मक प्रभाव पार्छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पार्टी चलायमान भइराख्ने र विषय केन्द्रित फरक–फरक बहस हुने भएकाले नीति महाधिवेशनले पार्टीलाई उर्जाशील र गतिशील बनाउने विश्लेषण गरिएको छ। ‘महाधिवेशन हुँदै गर्दा धेरैको चासो नेतृत्वमा केन्द्रित हुने थियो। नीति र कार्यक्रमको विषयमा छलफल बहस कम भएको छ’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘नीतिमा बहसहरु कम हुन्थे भन्ने जुन गुनासो आउँथे, ती स्वभाविक हुन्।’

१४औं महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशन बनाएर नयाँ कार्यसमितिले भावी दिशानिर्देश गर्ने गरी नीति महाधिवेशन गर्ने बाटो खुल्नेछ। नीति महाधिवेशनलाई छुट्टै आयोजना गर्दा बहालवाला कार्यसमितिले ल्याएको नीतिलाई नयाँ कार्यसमितिले अबलम्बन गर्नुपर्ने बाध्यकारी अवस्था पनि हट्ने भएको छ।

यसअघिसम्म नयाँ नेतृत्व चयन हुनुअघि नीति पारित हुन्थ्यो। तर, नीति प्रस्तुतकर्ता सभापति नै पुनः दोहोरिने निश्चित हुँदैनथ्यो। यसरी नीति प्रस्तुतकर्ता नेतृत्व र त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व फरक–फरक हुने सम्भावना रहने भएकाले अनेक अन्यौल सिर्जना हुन्थ्यो। ‘जुन सभापतिले प्रस्ताव ल्यायो, त्यही सभापति निर्वाचित नहुन सक्दछ। नयाँ आउने निर्वाचित सभापतिलाई कांग्रेसको पाँच वर्षको नीति बनाउने अवसर नयाँ निर्णयले दिएको छ’, नेता गगन थापा भन्छन्।

नेतृत्व चयनका लागि मात्रै महाधिवेशन हुने भएपछि मंसीर २४ गते उद्घाटन गरी २५ गते नै उम्मेदवारहरुको निर्वाचन हुने भएको छ। निर्वाचन कार्यातालिका अनुसार २१ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २०:२६
  • #नेपाली_कांग्रेस
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्