काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कमिटीको विधान अधिवेशनमा दुई पक्षबीच झडप भएको छ। बबरमहलस्थित कार्की ब्याक्वेटमा भएको विधान अधिवेशमा दुई पक्षबीच झडप भएको हो।
झडपपछि अनिश्चतकालका लागि अधिवेशन रोकिएको वर्तमान कार्यसमितिका एक सदस्यले बताए। १६ जिल्लाको कार्यसमिति विघटन गरेपछि असन्तुष्टी बढेको थियो। असन्तुष्ट पक्ष आइतबार भएको कार्यक्रम हलमा विरोधमा उत्रिएको हो।
दुई पक्षबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको थियो। अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।