काठमाडौं– सिभिल लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा आज (आइतवार) हुँदैछ।
सभाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनलगायत वित्तीय विवरणसमेत पारित गर्नेछ। साथै, आव २०७८÷७९ को लागि लेखापरीक्षणको नियुक्ति र निजको पारीश्रमिक निर्धारणलगायत प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तको सेयरधनीदर्ता पुस्तिका कात्तिक १४ गते बन्द भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।