काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ।
सभाले सञ्चालक समितिको सबै विवरण पारित गर्नुका साथै रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको सञ्चालकको नियुक्तिसमेत अनुमोदन गरेको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चितत छ।
साधारण सभाकै अवसरमा बैकले आफना संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर केसीको स्मृतिमा बैकको पोखरा महानगरपालिका वडा नम्वर ९ नयाँबजार स्थित कार्यालय परिसरमा अर्धकदको शालिकसमेत स्थापना गरेको छ। केसीकी श्रीमती प्रेमकुमारी केसीले शालिकको अनावरण गरेकी थिइन्। २२ वर्ष अगाडि स्व केसीको सक्रियतामा बैंकको स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।