काठमाडौं- कोरोना महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सुरु हुने भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः पठाउनका लागि कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको हो।
विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार मंसिर ६ गतेदेखि ८ गतेसम्म परीक्षाको फारम वितरण र दर्ता गरिने छ।
यस्तै, मंसिर २४ गते परीक्षाको तालिका घोषणा हुने बताइएको छ। पुस १ देखि ७ गतेसम्म परीक्षा सञ्चालन हुने सुचनामा उल्लेख छ।
पछिल्लो दुई वर्षदेखि कोरोनाका कारण परीक्षा रोकिएका छन्। ईपीएस शाखाका अनुसार २०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन।
![](https://nepallive.com/elFinder-2.1.51/files/afg/254823674_2671375346491733_1443740322132957142_n.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।