काठमाडौं- भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा आइतबार विवाह बन्धनमा बाँधिदै छन्। भारतको चण्डीगढमा उनीहरुले विवाह गर्न लागेका हुन्। चण्डीगढस्थित एक सात तारे होटलमा विवाहको कार्यक्रम राखिएको छ।
११ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पत्रलेखा र राजकुमारको पछिल्लो समय विवाह हुने चर्चा थियो। पहिलोपटक राजकुमारलाई ‘लव सेक्स और धोखा’ फिल्ममा देखेकी थिइन्। उनले एक अन्तर्वार्तामा बताएअनुसार फिल्ममा जस्तै वास्तविक जीवनमा पनि राजकुमार अनौठो होलान् भन्ने पत्रलेखालाई लागेको थियो। तर, वास्तविक जीवनमा भने राजकुमारलाई आफूले फरक पाएको उनले बताएकी छिन्। अर्कातिर, राजकुमारले भने पहिलोपटक देख्नेबित्तिकै पत्रलेखासँग विवाह गर्ने सोच बनाएको उल्लेख गरेका छन्।
२०१० देखि प्रेम सम्बन्धमा रहेका उनीहरु २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘सिटी लाइट’मा सँगै देखिएका थिए।
पछिल्लोपटक ‘हम दो हमारे दो’मा देखिएका राजकुमारको ‘बधाई हो’ फिल्म प्रदर्शन हुन बाँकी छ। अर्कातिर, पत्रलेखा भने पछिल्लो पटक हिन्दी फिल्म ‘नानु की जानु’मा देखिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।