• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १२, २०८२ Wed, Oct 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सुदूरमा कहिले जन्मन्छन् विनोदविक्रमहरू?

64x64
धनु विश्वकर्मा शनिबार, कात्तिक २७, २०७८  १४:१८
1140x725

यसपालि बिदाको छेक पारेर ‘भेन्टिलेटरमा आमा’ किनेँ। यो बेला पब्लिकेशनद्वारा प्रकाशित कवि तथा लेखक विनोदविक्रम केसीकृत निबन्ध सङ्ग्रह हो। एकाकार भएर निबन्धमा डुबुल्की मारेँ। पढ्दै जाँदा यसको अनुभूति त लेख्‍नै पर्‍यो भन्‍ने लाग्यो र लेख्‍न बसेँ।

‘भेन्टिलेटरमा आमा’भित्रका निबन्धहरू एकदमै आत्मपरक छन्। यो कृति केवल निबन्धहरूको मात्र सङ्ग्रह होइन। किनकि, यसले हरेक मानिसको ‘सपना र सम्भावनाको सहर काठमाडौं’ बोकेको छ। तीन हजार वर्षदेखि संस्थागत रहेको ‘जात व्यवस्था’ विरुद्ध आगो ओकलेको छ। ‘डोजरे विकास’को गतिविधि उदाङ्‍गो पारेको छ। नेपालको स्वास्थ्य क्षेत्रको बेइमानीका बारेमा बोलेको छ। हाम्रा सामाजिक, आर्थिक, प्रशासनिक, सांस्कृतिक, राजनीतिक नियतिको चित्रण गरेको छ। अनि आफ्ना दौँतरीसँगका जीवन व्यथाका सचेतन गफगाफ बोलेको छ।

जति-जति पुस्तकका पाना पल्टाउँदै गएँ, कहीँ न कहीँ देशले नचिनेका अपरिचित कुनाहरू बोलेको पाएँ। लेखकका आफ्नै ५०-१०० का सैँसाथी, साँझ बिहान चिया/चिसो पिउँदाका गफगाफ छन्, दौँतरीहरूका किस्सा छन्। जीवनयात्राका क्रममा यात्रु बनी बास बस्न पुगेका होटेलका हर्कतहरू छन्। हरेक निबन्धको सारमा वैचारिक सन्देशहरू छन्। तुलनात्मक रूपमा ती किस्साहरू लेखक तथा सञ्चारकर्मी विजय कुमारकृत ‘खुसी’मा जस्तै आदर्शवान् त छैनन्। तर, उनले जस्तो राजदूतावास अगाडि मदिरा पिएर छादेको लेखेका छैनन्। उनले जस्तो राजदूतलाई साँझ बिहान भेट गरेको लेखेका छैनन्। त्यसैले त यिनले देश बोलेका छन्।

विनोदविक्रमका सैँसाथी हुन् या त कृतिका पात्र, तीमध्ये एक पात्र सङ्‍गीतश्रोताले जस्तो समाजका बाहकको कथा लेखेका छन्। उनले ‘जात वार्ता’मा आहूतिलाई गरेको प्रश्नदेखि त म नतमस्तक छु। नाम थाहा पाएको पनि उक्त किताब पढेर नै हो। निःसन्देह दुर्भाग्य हो- उहाँहरू पढ्नलाई मेरो कक्षाभित्र प्रतिबन्ध लगाइएको छ।

कोभिड-१९ को महामारीपछि जसोतसो भ्याक्सिन आयो। भौतिक दूरी कायम फेरि पनि जरुर हुनेछ। तर, वर्गीय दूरीका कारण अङ्‍कमल गर्न छुटेकाहरू कहिल्यै फिर्ने छैनन् र त्यो दूरी समायोजनको प्रश्न अझै पनि अनुत्तरित छ।

पुस्तकको आवरण सरसर्ती हेर्दा लाग्छ- यो सङ्ग्रह कोरोना सङ्‍क्रमणपछिका दिन दैनिकी, त्यसले आम जनजीवनमा पारेको असर, कोरोनाले आक्रान्त भएको विश्वको आर्थिक अवस्था अनि त्यसका असर-प्रभावबारे हो। तर, यो त्यतिमात्र होइन। यसभित्र कोरोनाकालअघि र पछिकासमेत, उनको जीवनका यथार्थ भोगाइहरू छन्। ती भोगाइ तथा अनुभूति कवि विनोदविक्रम केसीका मात्र होइनन्। तिनलाई हरेक तह र तप्काका व्यक्तिले आफ्नो जीवन र जगत्सँग जोड्न सक्छन्। मैले मलाई जोडेर हेरेँ। त्यसैले यस कृतिका पात्रहरूका कथा मलाई मेरा नै हुन् जस्तो लाग्यो। म नै हुँ पात्र र मलाई लेखिएको हो झैँ लाग्यो। अझ, मलाई मात्र होइन, यसले त दूर अनि सुदूरको कुनै बस्तीलाई लेख्दै छ, लेखिरहेछ झैं लाग्छ। लाग्छ, नेपालको धिमा गतिको विकासको अवस्था, सक्रियता र सामाजिक संरचनामाथि धावा बोलिरहेछ, निरन्तर लेखिरहेछ।

‘अङ्‍कमालहरूको सम्झनामा’ शीर्षकको एक निबन्धमा भीडलाई, आफन्तलाई, परिवारलाई, साथीभाइलाई र ती दृश्यलाई पंक्तिकार अङ्‍कमाल गर्न चाहन्छन्। मलाइ त एक्कासी २०७६ चैत ११ को दुई महिनापछि नवराजहरूलाई अङ्‍कमालबाट लतारेर भेरीमा हुइँकाइदिएपछि आफन्त तथा जवान छोरा गुमाएका बा आमा, कलिला स्वास्नीका रसिला तृप्तिलाई, न्यायका आवाजलाई अङ्‍कमाल गर्न मन थियो। तर, अब ती अङ्‍कमाल सदा-सदाका लागि भूमिगत भइसकेका छन्।

कोभिड-१९ को महामारीपछि जसोतसो भ्याक्सिन आयो। भौतिक दूरी कायम फेरि पनि जरुर हुनेछ। तर, वर्गीय दूरीका कारण अङ्‍कमल गर्न छुटेकाहरू कहिल्यै फिर्ने छैनन् र त्यो दूरी समायोजनको प्रश्न अझै पनि अनुत्तरित छ।

Ncell 2
Ncell 2

‘एसएलसी पासको बकितम्’ शीर्षकको निबन्धअनुसार एक जना मित्रलाई भन्‍न मन छ- ‘राजधानी रहर र सामन्ती भएर आएका हैनन् मित्र! आमा बुवाले आफू भोकै सही, ऋण काढेर सन्तानको भविष्यका लागि राजधानी पढ्न पठाएका हुन्। राजधानीमा पढेको भनी जागिर खान मात्र होइन, आफू एक्लै सङ्‍घर्ष गरेर भए पनि सन्तानलाई समाज परिवर्तन गर्न पठाएका हुन्।’ तर, साथीहरू कति सजिलै ‘धनी भएर आएका हुन्’ भन्‍ने आरोप लगाइदिन्छन्। पढ्ने धनीले-सामन्तीले मात्र हो भनेर बुझ्नु नै गलत हो। मन भएका र भविष्यप्रति चिन्ता भएका जो कोही पढ्ने प्रयास गर्छन्।

‘छ पाङ्ग्रे ग्यास च्याम्बर’ पढ्दै गर्दा दूरदराजका (आफ्नो) गाउँ-ठाउँमा गुड्ने ट्याक्टर र जीप सम्झिएँ। उनले २६ वर्षको काठमाडौंको यातायात लेखे, तर मेरो साँफे-मार्तडी सडकखण्डको वर्षौं भयो शिलान्यास भएको। खै, कसले लेखिदेला! ती हिउँदे यातायात, त्यहाँका स्थायी सवारी खच्चड र भेडाको कथा कसले लेखिदेला!

बाक्ला लुगा लगाएर बिहानै निस्कँदा नजिक पर्दैमा हरर वास्‍ना आउने त्यो खर्कको बास मलाई यति मन पर्छ कि अरूका लागि गन्ध हुनसक्छ। त्यहाँका यात्रु र सवारीको तपाईं अनुहार ठम्याउनै सक्नुहुन्‍न। जसरी कुरुक्षेत्रमा अर्जुनले चक्रव्यूह परेका पुत्र अभिमन्युलाई  चिनेनन्। गुरुजीहरू आफैंले उडाएको धूलोले घुर्मैलो गरी देखेका कोही महिलालाई देखेमा ‘जाने हो?’ भनी आफैं कर गर्छन्। तर, कोही वृद्ध आमा बाले बिन्ती गर्दा पनि लगिदिँदैनन्। नेपाली पाउडर भन्दै त्यहाँको माटोसँग मितेरी लगाएका गाउँलेका दिन दैनिकी अझै रोचक छन्। 

कृतिकार बाँचेको त्यो बेलाको काठमाडौं र अहिलेको सुदूरको बस्ती उस्ताउस्तै छन्। तुलनात्मक रुपमा अझै कम होला। जसरी उनलाई रत्नपार्कदेखि दक्षिणकालीसम्म जान एक शीतयुद्ध जित्नुपर्छ, त्यसरी नै अहिले मार्तडीदेखि कोल्टी धलाचौर, कवाडी पुग्न हामीले अर्को शीतयुद्ध जित्नुपर्छ। तर, यहाँको जस्तो नेपाल यातायात, साझा बस, महानगर यातायात, दक्षिणकाली यातायात होइन, त्यहाँ त मौसमी यातायात हुन्छन्। बर्खे यातायात ठप्प र हिउँदे यातायात सञ्‍चालन हुने मात्र हो।

उसो त ‘गाउँमा सहरको जस्तो सुविधा होइन सेवा खोज्ने’ हो। ती सुदूरका गाउँका मौसमी यात्रुको यात्रा हेर्दा लाग्छ, ती युद्धको रणभूमिबाट आएका हुन्। उनीहरूका लागि कुरुक्षेत्र त्यही उकाली-ओराली हो। तीमध्ये कोही कौरवका सेना हुन् त कोही पाण्डवका। अनुहार चिन्‍न गाह्रो हुन्छ। सबैको एउटै थेगो छ-‘नेपाली पाउडर हो घस्नुपर्छ।’ हुन त माटो आफ्नै हो, चन्दन मानेर सबै यात्रुले लगाउँदा के फरक पर्‍यो र? सहरमा जन्मिउन् या गाउँमा, मिल्नुपर्ने आखिरमा उही माटैमा हो एक दिन।

विकासको नाममा गाउँ-गाउँ अहिले ‘डोजर आतङ्‍क’मा छ। हुन त डोजर एक प्रविधि हो, जसले गाउँ-गाउँमा बाटोको विकास ल्याएको छ। जहाँ विकास छ, त्यहाँ विनास पनि उत्तिकै छ। पहाडका डाँडाकाँडा, हरिया थुम्काथुम्की, खेतबारी सबैको घाँटी चुँडिएको छ। बाटाका सल्लाका रुखमा घलोले भरिएका छन्। हिजोआज रुखमा लेउ लाग्न छोडिसक्यो। विकासको धुलो उडेपछि त प्रकृतिको रङ उड्दो रहेछ। विकसित देशका युवा सोचहरू जलवायु परिवर्तनमा केन्द्रित छन्, हामी भने गाउँ ठाउँको सुन्दरता सङ्‍कटमा पर्नुलाई पनि ‘बाटो त आयो नि’ भनी खुसी मान्‍नुपरेको छ।

‘नलिहाड फुकिरहेको डोजर’ शीर्षक पढिरहँदा मलाई सुदूरका रोपाइँका असारे भाका बेस्सरी याद आयो। नोस्टाल्जिक बनेँ। यसैलाई भनिँदो हो ‘वनको चरी वनमै रमाउँछ।’ जहाँ पुगुँ आफू जन्मेको, हुर्के माटोको भाकाले तान्दो रहेछ। मलाई झैँ आ-आफ्ना भूगोलका लोक लयले नछुने को होला र!

‘बिउँकी बियाडिले कति पुला बिउँका बान्यो,
मनकी पियारीले आजभोलि सम्झयईन मान्यो’

विडम्बना, प्रविधिको विकासले मानिसहरूमा बढेको विलासिताका कारण यी र यस्तै लोक भाका गाउने मेरो पुस्ता विस्तारै हराइसके। मेरो पहिचान, मेरो भाका जीर्ण बनेको छ।

माओवादीको ‘जनयुद्ध’पछि विस्तारै गाउँ बदलियो। परिवेश बदलियो। व्यक्ति विशेष जीवनशैली बदलियो। सदरमुकामको जिविसमा रहेको राजाको सालिक तोडफोड गरेको दिन थाहा पाएँ, गणतन्त्र यतैसम्म आएछ क्यारे। जिल्लासम्म आएछ तर, गाउँ उक्लिएन कहिल्यै। अर्थात् गाउँ कहिल्यै आउने छैन सायद। बरु घरघरमा खै कसरी सिंहदरबार सुटुक्क छिरेको छ। मुकुटविनाका कति राजा-राजा नि।

गाउँमा अहिले डोजर आएको छ। ट्रयाक्टर आएको छ। हिजो बाका पुस्ता नैनीताल गए। बाको जवानी नैनीतालले खायो। आज दाजुको पसिना अरबले खाएको छ। विनोदको काठमाडौं मान्छेले भरिएको छ। सुविधाले भरिएको छ। सपनाले भरिएको छ। क्रान्तिले भरिएको छ। तर, मेरो बस्ती बेरोजगारी, अन्धविश्वास, गरिबी, अशिक्षाले आक्रान्त छ। सहरमा शालिक उभिन्छ, गाउँमा डोजर बसिराख्छ। ओहो! गाउँको भीरपाखामा डोजरको जीवन अल्झेको छ।

डोजर र डोजर चालक राहु र केतु हुन्। जसले महादेवलाई त छोडेनन् भन्थे, हो रैछ। माथिबाट आदेश पालना गर्न आएका छन्। गाउँका घरमा पहिरोको सिरानी र गोण्यान पनि हिजोआज यसैको हाल्छ। भौगोलिक विकटतासँगै डोजरे विकासले गाउँ अझै क्षतविक्षत छ। जसरी डोजरले धर्तीका भित्तालाई छिया-छिया बनाएको छ, गाउँलेको मन पनि त्यसरी नै कुँडिएको छ। करिब १५० घरपरिवार हरेक वर्षातमा पानी र पहिरोको पर्खाइमा विवसताको ओछ्यान् बिछ्याएर टुलुटुलु हेर्छन्। उनीहरूका कथा-व्यथा लेख्‍नसक्ने विनोदहरूले कहिले प्रज्ञामा यथार्थ पुस्तकको ठेलीलाई विमोचन गर्लान्?

जसरी फास्ट-ट्र्याक नामको राष्ट्रिय गौरवको ‘अजिङ्‍गर’ले खोकनालाई खर्लप्पै खाइदियो, कृषि सडकखण्ड नामको मलिसाँप्रोले उसैगरी बस्ती खाएको छ। टोल खाएको छ। गाउँ खाएको छ। मेरो छिमेकी खाएको छ। मन खाएको छ। हुन त यति लेख्दा विकास विरोधी कहलिउँला, तर म यो सुन्‍न तयार छु। हिजोको मौलिकतामाथि विकासका नाम भएको चौतर्फी विनासले विकास हैन, वितण्डा देखाएको छ।

नेताको कुनै सीप छैन हातमा। अरू कुनै उत्पादनमुलक काम नै नगर्ने। आफ्नै घरको हलोसम्म जोत्दैनन्। गराका डिलमा बसेर जुँगा मुसार्दै बस्ने। घरमा मदिरा सेवन नगरीकन तोकेको बेलामा नपुग्नेको नाम हो नेता। लौ न विनोद, तपाईं कहिले बस्तीमा आउने?

‘भेन्टिलेटरमा आमा’मा विनोदकी आमा कम्तीमा भेन्टिलेटरमा छन्। तर, दूर अनि सुदूरका आमाहरुको भेन्टिलेटर भनेको सकीनसकी चोटादेखि चुलो-चौकासम्म हो। त्यो आजीवन कैद हो। एक जञ्‍जिर हो। मलाई मेरो घर आमाका लागि भेन्टिलेटर लाग्छ। बा चिकित्सक हुन्, शल्यक्रिया गरिराख्छन्। म कुरुवा हुँ, टुलुटुलु हेरिराख्छु। गाउँले दर्शक हुन्, फिटिक्कै बोल्दैनन्। तिनका आँखामा पट्टी छ, देख्दैनन्। कानमा रुई कोचेका छन्, सुन्दैनन्। बिहान घाँस काट्न गएकी आमाले बेलुका काखमा बच्चा च्यापेर आएकी हुन्। अहिले उनको पाठेघर खसेको छ। हो, तिनको यही अवस्था आजीवन भेन्टिलेटर हो। आऊ विनोद! दूरका आमाका यस्ता कारूणिक कथा यी सहरियालाई सुनाइदेऊ।

विनोदविक्रम केसीका बाको राजनीतिक प्रसङ्‍गले मलाई आफ्नै गाउँबस्तीमा पुर्‍यायो। सङ्‍घीयतापछिका अनेक  किस्सा गाउँघरका स-साना दोकान र चोक चौतारामा कति-कति सुनिन्छ। सङ्‍घीयताबारे ठुलै चेत अरू कसैसँग छ भने त्यो गाउँ बस्तीमा छ। हुन पनि सङ्‍घीयता यसैका लागि त हो नि। गाउँमा मेरो चिया पसल जस्तो छ, गाउँघरको होटेल नै हो भनौँ। पसलमा एकैचोटि केपी, प्रचण्ड, देउवासँग वातचित गर्न पाइन्छ। मैले प्रत्यक्ष साक्षात्कार गर्न पाएको त छैन तर, भट्टीमा चैँ गफ नै लडाएको छु। लाग्छ, विकासका संवाहक यीनै हुन्। समाजलाई यिनैले हाँकेका छन्। समाजको संरचना यिनीहरूको विल्कुल निजी सम्पत्ति हो। समाज यिनैको स्वामित्वमा छ। विनोदविक्रम केसी के साँचो यही हो र? यिनको उत्तर दिन तपाईंहरू हाम्रोमा कहिले आउने? 

गाउँका नेता उनीहरू नै हुन् जो हरेक दिन काँधमा एक धारे झोला भिर्दै लखरलखर जिल्ला सदरमुकाम धाइरहन्छन्। घरमा श्रीमतीलाई तिहुनमा हाल्ने नून छ कि छैन तर, उनीहरूलाई रक्सी धोक्न फालाफाल हुन्छ। गाउँमा संघ, प्रदेश, स्थानीय तह र अरु दातृसंस्थाबाट बजेट आएको हुन्छ। एक, बजेट आएको भए पनि भन्दैनन्। दोस्रो, भन्‍नै परे एमाले, कांग्रेस र माओवादीले दिएको योजना भन्छन्। त्यतिमात्र होइन, फलानो नेताले भन्छन्। बढाइचढाइ गर्छन्। त्यहाँका कुलो, सिँचाइ, टोल विकास, खानेपानी, बाटो, विद्यालय, कृषि, बाख्रापालनको निर्माण समितिको पदाधिकारी भएको हुनुपर्‍यो, ऊ नेता हो। गाउँमा नेता-नेता भनेर उसको वास्तविक नाम नै बिर्सिसके।

नेताको कुनै सीप छैन हातमा। अरू कुनै उत्पादनमुलक काम नै नगर्ने। आफ्नै घरको हलोसम्म जोत्दैनन्। गराका डिलमा बसेर जुँगा मुसार्दै बस्ने। घरमा मदिरा सेवन नगरीकन तोकेको बेलामा नपुग्नेको नाम हो नेता। लौ न विनोद, तपाईं कहिले बस्तीमा आउने?

जसले सधैँ मदिरा खुवाउँछ, जागिर लगाइदिन्छ, गाउँका मतदाता उनैको पछि छन्। अनि त नेताले चुनावको बेला ‘तिन भोटको २० हजार’ भनेर औँला ठड्याएर भन्छन्। विशेषगरी मतदाता त्यहाँका दलित समुदाय हुन्। नेता त गैरदलित छन्। दलितले चान्स पाउन पनि पर्‍यो। निर्वाचनमा कसले जित्छ भनी निर्णायक त उत्पीडित समुदाय नै हुन फेरि।

दुई तीन घरमा एक नेता त पक्का छन्। त्यति नहुने गाउँ त गाउँ होइन, त्यो ओडार भइसक्छ। बाका पालामा एमाले, माओवादीलाई ‘डुमको पार्टी’ भन्थे रे? तर, हिजो वर्गको कुरा गरेर, जातीय छुवाछुतका विरुद्ध, हलिया, खलिया, भूमिहीन, छाउपडीका कुरा गर्ने कमरेड आज कता हराए कता। यिनीहरुसँग जवाफ खोज्न विनोदहरू काठमाडौंमा मात्र होइन, कहिले जन्मिने गाउँमा?
हिजो आमाले जुन जरुवामा पानी बोक्थिन्, आज पनि म त्यही जरुवामा पानी बोक्छु। हाम्रो अन्तरघुलन कहाँ छ? म कता छुटेँ, अनि आमा कता छुटिन्? तपाईंको कविता बस्तीलाई कहिले सुनाउने? आतुर छन् गाउँले, त्यो चेतनाको विगुल तपाईंको निबन्धमा मेरो पुस्ताले कहिले पढ्न पाउने? गाउँको फोहोरी राजनीतिको भण्डाफोर गर्ने माइतीघर मण्डलमात्र छैन। विनोदविक्रम।

गाउँमा सेवा, विकास, नीति, योजनाका लागि राजनीति गर्दैनन्। अहिले राजनीतिमा आफ्नो भविष्यको सुनिश्चितता खोज्छन्। के राजनीति पेसा हो र? यसले के उत्पादन गर्छ? यसको बजारीकरण के होला? गाउँमा अहिले जो बस्यो, त्यही नेता हो। मतदाता रोजगारीका क्रममा विदेश छन्। कार्यकर्ता सबै नेता भएका छन्।

गाउँघरको स्वास्थ्य सेवाको बयान म कसरी गरूँ! अस्पताल जाँदा आशा र रोग बोकेर गइन्छ भने फर्कंदा आँशु र शोक बोकेर फर्कनुपर्छ। बिरामी निको भएर आउँदासम्म घरको उठिबास लागिसक्छ। उसो त गाउँको वडामा एक स्वास्थ्यचौकी छ। यहाँ त भेन्टिलेटरसम्म त को पुग्छन् र? त्यसैले अस्पताल आर्यघाट जस्तो छ। गाउँलेको भेन्टिलेटर नै आर्यघाट हो।

गर्भधारण गर्ने क्षमता पूर्णरुपमा विकास भएको हुँदैन, नाबालिगको विवाह भइसक्छ। एक नाबालिका जबरजस्ती आमा बन्‍नुपर्ने बाध्यता छ। बच्चा पाउन नसक्दा ज्यान गएको घटना त कति कति। गाउँको स्ट्रेचर त बिरामी बोक्न होइन, यसले लास बोक्छ कि जस्तो लाग्छ। ती बिरामी बोक्ने मान्छे मलाई मलामी हुन् झैं लाग्छ। किनकी मान्छे रहे पनि स्ट्रेचर बोक्नै पर्छ, नरहे पनि बोक्नैपर्छ।

गाउँघरमा स्ट्रेचर आतङ्‍क छ। स्ट्रेचर हो कि मृत्युशय्या हो, म आफैं अलमलमा छु। अस्ति भर्खरको घटना हो। मेरो छिमेकी गाउँमा एक जना लडेछन्। दुर्गमको सवारी मौसमी हो भनिहालेँ। उनको नाम काशी विक हो। तिन दिनले पूरै देश जलमग्न थियो। किसानहरूका खेतमा धानले डुबुल्की मार्दै थिए। यस्तो बेलामा कोही बिरामी हुनु, दुर्घटना हुनु भनेको सीधै मृत्युको मुखमा पुग्नु हो। उनी घर नजिकै ढुङ्‍गामा चिप्लिएर लडेकी रहिछन्। गाउँका सबै जनाले उनलाई राति ९:०० बजे नै बोकेर बिहान बल्दे पुर्‍याए। बल्लतल्ल अस्पताल पुगेका छन्, उपचारको साटो यहाँ हुँदैन करङ भाँच्चिएको छ भनी उनलाई नेपालगञ्‍जमा रेफर गरियो। गाउँका अधिकांश नौजवान जिउँदा लास बोक्दै जान्छन्। अचानक दुर्घटनामा पर्ने छुट छैन सुदूरका जनतालाई। त्यहाँको सबै रोगको निदान भनेको पेनकिलर, पारासिटामोल, जीवनजल यस्तै-यस्तै हो। यही पनि भनेको बेला पाइने हैन।

यसरी राज्यसत्ताको कमजोरी र लापरवाहीका कारण सेवा नपाएर सर्वसाधारणको ज्यान जान्छ भने त्यो राज्यसत्तालाई मुद्दा लाग्नुपर्ने होइन र? यो राज्यसत्तालाई दोषी करार कहिले गर्ने?

यी गाउँका बेथिति, भ्रष्टाचार, अन्धविश्वास, गरिबी, अशिक्षा, छुवाछुत, हलिया, खलिया, छाउपडी, बालविवाह, बेरोजगारी, बलात्कार, घरेलु हिंसा, अचेतनका कथा लेख्‍न तपाईं कहिले आउने विनोद? मोफसलका लेखकले त्यहाँको गरिबी बेचे, झुत्रा लुगा बेचे, कर्णालीको नूनको अभाव लेखेर कतिले मदन पुरस्कार थापे होलान्। त्यहाँको अवस्था पहिलेको काठमाडौं जस्तोसम्म छैन।

त्यहाँ आजकल

वडाको बजेट चियर्स, 
नगरको बजेट चियर्स, 
पालिकाको बजेट चियर्स, 
जिल्लाको बजेट चियर्स, 
प्रदेशको बजेट चियर्स, 
संघको बजेट चियर्स

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्