काठमाडौं– वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभाश घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
लघुवित्त सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल ४१ करोड १९ लाख ४४ हजार ४ सय रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी बोनस सेयर वितरणपछि ४९ लाख ४३ हजार ३३ हजार २८० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।