काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश पारित गर्न आज (शुक्रबार) वार्षिक साधारण सभा गर्दै छ। पोखरामा कम्पनीको २३औं वार्षिक साधारण सभासभाले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसअघि बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरणको पैस्ताव गरेको थियो।
साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ।
सभाले सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेलगायतका प्रस्तावसमेत पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।