काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा भारी गिरावट आएको छ। बिहीबार शेयर बजार परिसूचक (नेप्से) ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा पुगेको छ।
बिहीबार 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.६३ अंकले घटेर ५०२.१९ बिन्दुमा पुगेको छ।
बिहीबार सबै कम्पनीको उपसूचकहरु ओरालो लागे। बिहीबार जीबन बिमा समूह ३१६.४, निर्जीबन बिमा समूह २९३.७३, विकास बैंक १९४.२८, बैंकिङ समूह २९.०८, जलविद्युत ७०.४५, फाइनान्स १०९.२६, माइक्रोफाइनान्स समूहको उपसूचक ११४.१६ अंकले घट्यो।
बिहीबार २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच भयो। बिहीबार शेयर बजारमा ५ अर्ब ११ करोड ९६ हजार रुपैयाँको कारोबार भयो।
अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार कारोबार रकम पनि घटेको हो। छठ बिदा अगाडि (सोमबार) शेयर बजारमा ६ अर्ब बढीको कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।