काठमाडौं– नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ। बैंक सञ्चालक समितिको बैठकले कारोबार समयमा नै लाभांश घोषणा गरकाले नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो।
बैंक सञ्चालक समितिको बैठकले गत मंगलबार कारोबार समयमै लाभांश घोषणा गरेको थियो। सो सम्बन्धमा स्पष्टीकरण सोध्नका लागि दोस्रो बजारमा कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
बैंक सञ्चालक समितिको गत मंगलबार दिउँसो १ बजे बसेको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।