काठमाडौं– लक्ष्मी बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले बोनस सेयर र नगद गरी कुल ११.५% लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकको प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।