काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्सको १४औं वार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ। अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे सुरु हुने सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीले यसअघि नै १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।
सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सेयर लगानी अनुपात परिवर्तन गरी संस्थापकतर्फ ६० प्रतिशत तथा सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्नेलगायत प्रस्तावमाथि समेत छलफल हुने बताइएको छ।
साथै, सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेलगायतका प्रस्तावसमेत पारित गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको बुक क्लोज मंसिर १० गते हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।