काठमाडौं– समिट लघुवित्त वित्तीय संस्थाले १२ हजार ५०० कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ। लघुवित्तको संस्थापकसेयर आज (बुधबार) देखि बिक्री खुला भएको छ।
समिटका संस्थापक सेयरधनीले उक्त सेयर बिक्री गर्न लागेका हुन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने सूचनामा उल्लेख छ।
खरिद गर्न चाहेको सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेश गर्न सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।