पर्सा- जिल्लामा छठ पूजाको सबै तयारी पूरा भएको छ। जिल्लास्थित छठ घाटलाई बिजुली बत्तीले रङ्गीविरङ्गी पारी सजाइएको छ।
वीरगञ्ज महानगरपालिकाभित्रका ९१ वटै छठीघाटमा सजावटको काम पूरा भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। उनले छठघाट व्यवस्थापन समितिले माग गरेका आवश्यक सामग्री महानगरपालिकाले उपलब्ध गराएको र पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफू लागिपरेको बताए।
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठघाटको सबै तयारी पूरा भएको पूजा व्यवस्थापन समितिले जनाएको छ।
परिसरलाई रङ्गीविरङ्गी बिजुली बत्ती तथा फूलमालाले सजाइएको समितिका सचिव क्रान्ति साहले जानकारी दिए। उनले घडिअर्वा पोखरी परीलाई सजाउन यस वर्ष १४ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए।
करिब पाँच हजार व्रतालुले पूजा अराधाना गर्ने र एक लाख ७० हजारभन्दा बढी दर्शनार्थीको भीड हुने घडिअर्वा पोखरीको छठघाटमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ। पोखरी परिसरमा एम्बुलेन्स, वारुण यन्त्र र चिकित्सकको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।