काठमाडौं- प्रभु बैंकले सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।