काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफूखुसी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन्।
मंगलबार काठमाडौंमा नेपाल बैंकर संघको अधिवेशनमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफूखुसी काम नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका हुन्।
उनले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरुले त्यसरी काम गरे वित्तीय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग गराएको छ। बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्नसमेत आग्रह गरे।
बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकहरुबीच प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।