काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन नोभेम्बर २८ मा हुने भएको छ।
गत आइतबार बसेको कार्यसमितिको बैठकले छैटौं अधिवेशन गर्ने कार्यतालिका बनाएको सभापति आस्था विन्दु मल्लले जानकारी दिइन्। क्षेत्रीय अधिवेशन नोभेम्बर २१ मा गर्ने कार्यतालिका बनाइएको छ।
‘नोभेम्बर २१ मा क्षेत्रीय अधिवेशन गरेर जनसम्पर्क समितिको केन्द्रीय महाधिवेशन नोभेम्बर २८ मा गर्ने कार्यतालिका बनाइएको छ,’ महामन्त्री कुमार थापाले भने।
विधान संशोधन समितिको संयोजक कविराम भण्डारीलाई बनाउने निर्णय गरिएको छ। सीताराम तिमिल्सिना र खेमराज देवकोटा विधान संशोधन समितिको सदस्य बनेका छन्।
कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेको दाबी गरिएको छ। जनसम्पर्क समितिकै अर्को पक्ष भने उक्त निर्णय प्रक्रियाप्रति आक्रोशित बनेको छ। समयमा महाधिवेशन नगरेको तथा मनोमानी ढंगले मनोनीत गरेर विधान कुल्चिएको फरक समूहको बुझाइ छ। असन्तुष्ट पक्षले राखेका विषयमा सत्यता नभएको सभापति मल्ल समूहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।