काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैठकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर लाभांश वितरणका लागि प्रस्ताव गर्ने निर्ण गरेको बैंकले जानकारी दिएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् बैंकको साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।