काठमाडौं- नेपाल बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी चयन भएका छन्। केसी सर्वसम्मत रुपमा उपाध्यक्ष चयन भएका हुन्। उनी हाल एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत छन्।
बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो।
यसअघि संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन्। यसैगरी दुई रिक्त सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन्।
संघले आज नयाँ कार्यसमिति घोषणा गर्ने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।