काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पेजको दुरुपयोग भएको छ। उनको फेसबुक पेजमा असम्बन्धित फोटो पोस्ट भएको हो।
'शेरबहादुर देउवा'को 'भेरिफाइड' फेसबुक पेजमा अर्कै व्यक्तिको फोटो पोस्ट भएको हो। फोटोको क्याप्सनको रुपमा 'इन्फ्रन्ट अफ दी सेख प्यालेस दुबइ' लेखिएको छ। सो पोस्ट भने अहिले हटाइएको छ।

प्रधानमन्त्री देउवाले निजी सचिवालय गठन गरेका छैनन्। सामान्यता सामाजिक सञ्जालका यस्ता अकाउन्ट व्यक्तिगत रुपमा वा सचिवालयका सीमित व्यक्तिहरुले चलाउने गरेको पाइन्छ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्टबाट पनि पटकपटक यस्तै असान्दर्भिक पोस्टहरु हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।