• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग

64x64
नेपाल लाइभ बुधबार, वैशाख २२, २०७८  १७:१९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग भएको छ। उनको निजी ट्विटर अकाउन्ट @kpsharmaoli बाट बुधबार उनको पदीय मर्यादा विपरीत ट्विट (रिप्लाइ) गरिएको थियो।

नागरिक एपबारे लेखिएको ट्विटमा भएको छलफलमा ‘फेकप्रसाद शर्मा’ नामका ट्विटर प्रयोगकर्ताले लेखेको रिप्लाइमा प्रधानमन्त्रीको निजी अकाउन्टबाट रिप्लाइ गर्दै भनिएको छ- अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै यिच्च दाँत देखाउने अनि हसायो भन्ने।

रिप्लाइ केही बेरमै ‘डिलिट’ गरिएकाले प्रधानमन्त्रीको निजी अकाउन्ट दुरुपयोग भएको स्पष्ट हुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी अकाउन्ट @kpsharmaoli र प्रधानमन्त्रीको अकाउन्ट @PM_Nepal को दुरुपयोग भएको यो पहिलो घटना भने होइन। यसअघि यस्ता घटना पटकपटक भइसकेका छन्।

सोनिया गान्धीलाई रिट्विट!
२०७६ पुस ४ गते प्रधानमन्त्रीको ट्विटर अकाउन्ट @PM_Nepal बाट एउटा ट्विट रिट्विट भयो। भारतीय कंग्रेसको आधिकारिक ट्विटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम विज’ नाम गरेको ट्विटर ह्याण्डलले रिट्वीट गरेको थियो। भिडिओमा भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेकी थिइन्। 'शिभम विज'को ट्विटलाई नै प्रधानमन्त्रीको ह्याण्डलबाट रिट्वीट गरिएको थियो। पछि त्यसलाई 'अन डु' गरिएको थियो।

सामाजिक सञ्जालमा आलोचना बढेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण लेखेका थिए- ‘सम्माननीय प्रधानमन्त्रीज्यूको twitter @PM_Nepal बाट अन्यथा retweet भएको देखिन आएको छ। पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ। तसर्थ: कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु।’

तर, छानबिनको निष्कर्ष भने कहिल्यै सार्वजनिक भएन।

मनमोहन सिंहको फ्यान अकाउन्टमा स्वास्थ्य लाभको कामना
वैशाख २८, २०७७ मा भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेस आइका नेता मनमोहन सिंहलाई छातीमा समस्या देखिएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वास्थ्य लाभको काम गर्न ट्विटरलाई माध्यमको रुपमा प्रयोग गरे। तर, उनले मेन्सन भने सिंहको फ्यानको अकाउन्टलाई गरे। मेन्सन गरिएको अकाउन्टको बायोमै फ्यान अकाउन्ट भनेर लेखिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्रीबाट बधाई!
कात्तिक २५, २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी ट्विटर अकाउन्टबाट ट्विट भयो। केही क्षणमै डिलिट पनि भयो। ट्विटमा लेखिएको थियो- नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना। हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवै जना दंग... ।

ट्विटसँगै पत्रकार मातृका पौडेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फोटो पनि थियो।

फोटोमा पौडेलसँग थापा पनि भएकाले ट्विट थापाले गरेको सजिलै बुझिन्थ्यो। अर्कोतिर सोही व्यहोराको ट्विट केही क्षणपछि नै थापाले पनि गरे।

प्रधानमन्त्रीको ट्विटमा आफूलाई पनि कोरोना संक्रमण भएको र जितेको आशय छ। जबकि उनलाई कोरोना संक्रमण भएकै थिएन।

यस विषयमा सबैजसो सञ्चार माध्यमले समाचार बनाए। प्रायःले प्रधानमन्त्रीको ट्विटर दुरुपयोग भएको शब्द तथा आशयका समाचार प्रकाशित गरे। तर, थापाले भने कुनै जवाफ दिएनन्।

राष्ट्रपति कार्यालयको ट्विटर नै बन्द
कात्तिक १२, २०७७ मा राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट (@ShitalNiwas) बन्द गरियो। सो अकाउन्ट अगष्ट २०१८ मा खोलिएको थियो। तत्कालीन समयको बारेमा जानकारी प्राप्त हुन नसकेता पनि बन्द हुनुभन्दा अघिका केही समय भने राष्ट्रपतिसँग जोडिएका सूचनाहरु पोस्ट गर्ने गरेका कारण सक्रिय देखिएको थियो।

सो एकाउन्टबाट पछिल्ला दिनमा राष्ट्रपति कार्यालयका विज्ञप्ति र राष्ट्रपतिसँग सम्बन्धित फोटो पोस्ट गरिन्थ्यो। अन्य कतिपय सूचना पोस्ट गर्नुका साथै राष्ट्रपतिको ट्विटर एकाउन्ट (@Presidenofnp) का ट्विटहरु रिट्विट गरिन्थ्यो। बन्द हुनुभन्दा दुईदिन अघि मात्रै सो अकाउन्ट भेरिफाइ गरिएको थियो।

तर, विगतमा सो ह्यान्डल कांग्रेस नेता गगन थापाको प्यारोडी अकाउन्टको रुपमा रहेको र पछि नाम परिवर्तन गरी शितल निवास बनेको ट्विटर प्रयोगकर्ताहरूले रहस्य खोलिदिएका थिए। त्यसलाई सहयोग पुग्नेगरी कैयौं स्क्रिनसटहरू पनि सार्वजनिक भएका थिए।

खाता बन्द गर्ने भनेर राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले ट्विटरमार्फत् सार्वजनिक गरेका थिए। उनले लेखेका थिए- 'राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।'

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित चितवनमा भएको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन्। शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम विजयी भएकी हुन् । शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको हो । शुक्रबार, असार १२, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्