काठमाडौं– तिहारपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।
गत बुधबार ५.२२ अंक बढेर २८४८.७४ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ५.५३ अंक बढेर २८५४.३८ विन्दुमा पुगेको छ। आजको प्रिओपनमा सेन्सेटिभ इण्डेक्ससमेत १.४४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा कारोबारमा आएका २१ कम्पनीमध्ये १५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। आज ३ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
आजको प्रिओपन सेसनमा ५८ लाख ५१ हजार ७९५ रूपैयाँ ६० पैसा बराबरको ८ हजार १८० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।