काठमाडौं– आईपीओ निष्कासनको अनुमति माग्दै दुई हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। श्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन र मन्दाकिनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।
श्वेतगंगाले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै कात्तिक १० गते बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पनि १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्काशनको अनुमति मागेको छ।
कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति माग्दै कात्तिक १४ गते बोर्डमा आवेदन दिएको हो।
मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि सेयर निष्काशन गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।