वीरगञ्ज– तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्त पक्राउ परेका छन्। पर्सा प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी अदालतमा बुझाएको हो।
प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।
सबैभन्दा बढी भदौमा २३ अभियुक्त पक्राउ परेका छन्। असोजमा १९ तथा साउनमा पाँच अभियुक्त पक्राउ परेको खनालले बताए।
उनीहरुबाट १ करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।