काठमाडौं– नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये केहीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्न थालेका छन्। जीवन बीमा कम्पनीले अन्य सूचीकृत कम्पनीको तुलनामा एक वर्ष ढिलो गरी लाभांश वितरण गर्न थालेका हुन्।
सूचीकृत कम्पनीमध्ये हालसम्म चार जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन्। हालसम्म सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेका हुन्।
लाभांश घोषणा गरेका चार जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश प्राइम लाइफ इन्स्योरेन्सको रहेमको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबा बोनस सेयर तथा नगद गरी १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
सूर्या लाइफ इन्स्योरेन्सले पनि नगद र सेयर गरी १३.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ। ज्योति लाइफ इन्स्योरेन्सले बोनस सेयर र नगद गरी १०.५२६३ प्रतिशत लाभांश घोषणा गर्दा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भने ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
बिमा कम्पनीहरुले घोषणा गरेको लाभांश बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।